६ मिनेटको कांग्रेस केन्द्रको भर्चुअल बैठक, गगन थापाको प्रस्ताव, कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
कांग्रेस विधानको दफा २३ मा केन्द्रीय कार्यसम्पादन समितिसम्बन्धी व्यवस्था रहेको छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री पदेन सदस्यका रूपमा रहनेछन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ जना कार्यसम्पादन समितिमा रहनेछन् । संसदीय दलको नेता पनि पदेन सदस्य हुने भएपनि सभापति देउवा स्वयं संसदीय दलको नेतासमेत रहेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुलाह मन्सुर , उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना) , भिष्मराज आंङ्दम्बे, जीवन परियार पदेन सदस्य छन् ।
यस्तै नेता रामचन्द्र पौडेल, १४ महाधिवेशनमा सभापतिमा पराजित डाक्टर शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि पनि सम्पादन समितिमा परेका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार कांग्रेस केन्द्रीय समितिको शुक्रवारकोो बैठक जम्मा ६ मिनेट मात्र चलेको थियो । सभापति देउवाले कोभिडको कारण भर्चुलअ बैठक गर्नु परेको बताएका थिए । सभापति सहित उपसभापति, महामन्त्री र अन्य पदाधिकारी पार्टी कार्यालय सानेपाबाट बैठकमा जोडिएका थिए ।
सभापति देउवाले सबैलाई समेट्न सम्भव नभएको र छुटेका साथीहरुलाई पछि समेट्ने बचन दिए पछि महामन्त्री गगन थापाले नाम पढेर सुनाएका थिए । त्यस पछि बैठक सकिएको थियो ।
केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष र प्रवक्ता पनि स्वतः कार्यसम्पादन समितिको सदस्य रहनेछन् । यी दुबै पदमा मनोनयन हुन बाँकी छ । केन्द्रीय सम्पादन समितिमा अझै ९ जना मनोनयन हुन बाँकी छ ।
कांग्रेसमा केन्द्रीय समितिको बैठक बस्न नसकेको समयमा केन्द्रीय समितिले गर्ने काम सम्पादन समितिले गर्ने व्यवस्था छ ।
केन्द्रीय कार्यसम्पादन समिति

शेरबहादुर देउवा – सभापति
रामचन्द्र पौडेल – वरिष्ठ नेता
पूर्णबहादुर खड्का – उपसभापति
धनराज गुरुङ – उपसभापति
गगन थापा- महामन्त्री
विश्वप्रकाश शर्मा महामन्त्री
फरमुल्लाह मन्सुर – सहमहामन्त्री
भीष्मराज आङदाम्बे – सहमहामन्त्री
उमाकान्त चौधरी- सहमहामन्त्री
महेन्द्र यादव – सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
किशोरसिंह राठौंर- सहमहामन्त्री
बद्री पाण्डे – सहमहामन्त्री
जीवन परियार- सहमहामन्त्री
रामचन्द्र पौडेल
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा.शशांक कोइराला
चित्रलेखा यादव
डा.रामशरण महत
अर्जुननरसिंह केसी
डा.प्रकाशशरण महत
सुनिलबहादुर थापा
डा.शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा.नारायण खड्का
जीपछिरिङ लामा
सुजाता काेइराला
एनपी साउद
आनन्द प्रसाद ढुंगाना
जीवनबहादुर शाही