पेन्सिल्भेनिया ल्यानक्यास्टरमा बालबालिकालाई गोप्य अङ्ग देखाउने पुरुष दोषी ठहर
ल्यानक्यानस्टर,पेन्सिल्भेनिया / ल्यानक्यास्टर काउन्टीको मिलर्सभिलका एक ३९ वर्षीय पुरुष बालबालिकाको अगाडि पटक-पटक अश्लील प्रदर्शन गरेको अभियोगमा दोषी ठहर भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार ती पुरुषलाई आफ्नै घरको झ्यालबाट बाहिर खेलिरहेका बालबालिकाहरूलाई लक्षित गरी आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ।
तीन दिनसम्म चलेको अदालती सुनुवाइपछि, गत अप्रिल १७ मा जुरीले ३९ वर्षीय विलियम बेक जुनियरलाई बालबालिकाको नैतिकता भ्रष्ट बनाएको र अश्लील प्रदर्शन गरेको अभियोगमा दोषी ठहर गरेको हो।
सरकारी वकिलको कार्यालयले जनाए अनुसार, सेप्टेम्बर २०१८ देखि मार्च २०२३ को बीचमा म्यानर टाउनशिपमा रहेको एङ्कर रोडमा रहेको बेकले तत्कालीन निवासमा घटना भएको थियो।
पीडितहरूका अनुसार बेक अक्सर लुगा नलगाई केवल एउटा नबाँधिएको बाथरोब (नुहाउँदा लगाउने लुगा) लगाएर घरभित्र हिँड्ने गर्थे। कहिलेकाहीँ उनी पूर्णतया नग्न भएर बालबालिकाको अगाडि आउने र उनीहरूलाई अँगालो हाल्न लगाउने गर्थे ।
जिल्ला सरकारी वकिलको कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, जुरीले एक घण्टाभन्दा कम समयको छलफलमै बेकलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो।
दोषी ठहर भइसकेकाले अब न्यायाधीशले उनलाई कति वर्ष जेल राख्ने र कति जरिवाना गर्ने भन्ने फैसला सुनाउनेछन्। यस्तो प्रकृतिको अपराधमा संलग्न भएकोले उनको नाम स्थायी रूपमा यौन अपराधीको सूचीमा दर्ता हुनेछ।
पेन्सिल्भेनियाको कानून अनुसार अरूलाई देख्ने गरी अश्लील प्रदर्शन गर्नु र बालबालिकाको नैतिकता वा चरित्रमा नकारात्मक असर पार्ने कुनै पनि कार्य गर्नुलाई अपराध मानिन्छ ।
यदि कसैले अरूलाई अपमानित गर्ने वा उत्तेजित पार्ने उद्देश्यले सार्वजनिक वा अरूले देख्ने ठाउँमा आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्छ भने त्यो अपराध हो।
बालबालिका अगाडि यस्तो हर्कत गर्नु अझ गम्भीर विषय हो । यदि प्रदर्शन नाबालिग (बालबालिका) को अगाडि गरिन्छ भने, यसलाई बालबालिकाको मानसिक र नैतिक स्वास्थ्यमा क्षति पुर्याउने कार्य मानिन्छ।
कानुनले गोपनीयता र सार्वजनिक शिष्टता बीचको भिन्नता हेर्छ । यदि व्यक्ति आफ्नो घरमा झ्यालका पर्दाहरू बन्द गरेर बसेको छ भने त्यो निजी हो।
तर, यदि व्यक्तिले जानीजानी झ्याल खुला राखेर वा बाहिरका मानिस (विशेष गरी बालबालिका) ले देख्ने गरी अश्लील हर्कत गर्छ भने त्यो अपराध हो ।
फोटो : ल्यानक्यास्टर काउन्टी जिल्ला सरकारी वकिलको कार्यालय

















