जस्टिन डगलस नै हाम्रो लागि सही विकल्प हुनुहुन्छ : टिका ढुङ्गना, संस्थापक अध्यक्ष बीसीएच
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / उहाँ (जस्टिन डग्लस) केवल एउटा नाम मात्र होइन—उहाँ हाम्रो आवाज हुनुहुन्छ। उहाँ केवल बोल्नुहुन्न, परिणाम पनि दिनुहुन्छ। उहाँलाई ध्यान खिच्नुपर्ने आवश्यकता छैन, किनकि उहाँको ध्यान सधैं आफ्ना जनतामाथि केन्द्रित हुन्छ।
हाम्रो युवाहरूका लागि खेल मैदान सुनिश्चित गर्ने कामदेखि लिएर, धार्मिक स्थलहरूका लागि सम्पत्ति कर छुट स्वीकृत गराउन सहयोग गर्ने, र कानुनी रूपमा यहाँ स्थायी बसोबासका लागि ल्याइएका समुदायका सदस्यहरूलाई डिपोर्टेशनबाट जोगाउन वकालत गर्ने र संघर्ष गर्ने कामसम्म—उहाँले वास्तविक नेतृत्व देखाउनुभएको छ।
उहाँ हाम्रो अधिकांश समुदायिक कार्यक्रमहरूमा उपस्थित हुनुहुन्छ। भन्नुपर्दा, जहाँ हामीले उहाँलाई नदेख्ने ठाउँ नै छैन—हामीले उहाँलाई सधैं देख्छौं। हामीलाई त्यस्ता नेताहरू चाहिन्छ, जसले हाम्रो कुरा सुन्छन्, हाम्रो प्रतिनिधित्व गर्छन्, र वास्तवमै परिणाम दिन्छन्। यस समयमा जस्टिन डगलस नै हाम्रो लागि सही विकल्प हुनुहुन्छ।
यहाँ दुई जना उम्मेदवार छन्। स्पष्ट रूपमा भन्नुपर्दा, अहिलेको अवस्थामा जस्टिन डगलस नै सही आवाज र सही छनोट हुनुहुन्छ।
धेरै नेताहरू बोल्छन्, आकर्षक भाषण दिन्छन् र ध्यान खिच्छन्। तर जस्टिन फरक हुनुहुन्छ। उहाँले आफूलाई परिणाम दिने र हाम्रो आवाज साँचो अर्थमा प्रतिनिधित्व गर्ने नेताको रूपमा प्रमाणित गर्नुभएको छ। अहिलेसम्म हामीले उहाँबाट सहयोग लिएका छौं, उहाँसँग सहयोग मागेका छौं—अब उहाँलाई हाम्रो सहयोग आवश्यक छ।
म यहाँ एउटा उदाहरण दिन चाहन्छु। ह्यारिसबर्ग वरपर, डफिन काउन्टी, कम्बरल्यान्ड काउन्टी वा अन्य ठाउँमा रहेका भुटानी नेपालीभाषी समुदाय—हामी सबैले भोट हालिरहेका हुन्छौं। तर धेरैजसो अवस्थामा हामी कसलाई भोट दिइरहेका छौं भन्ने कुरा नै स्पष्ट थाहा हुँदैन।
हामीले डिपोर्टेशनको कठिन समय भोग्दै गर्दा, तनाव र अन्योलमा हुँदा, हामीलाई एक सक्षम नेताको आवश्यकता थियो। त्यो समयमा हाम्रो पक्षमा उभिएर, हाम्रो प्रतिनिधित्व गरेर बोल्ने एक मात्र नेता जस्टिन डग्लस हुनुहुन्थ्यो।
यदि तपाईंहरूले घरमा मेलमार्फत मतदान गरिरहनुभएको छ भने, वा मतपत्र प्राप्त भएको छ भने—नाम नबिर्सनुहोस्: जस्टिन डगलस। अरू नामहरू हटाउन सक्नुहुन्छ—यो तपाईंको व्यक्तिगत निर्णय हो।
यो तपाईंहरूको आफ्नै विचार हो। तर यस प्राइमरी निर्वाचनमा जस्टिन डगलसको नाम नबिर्सनुहोस्।
म फेरि एउटा उदाहरण दिन्छु—“सही व्यक्ति, सही ठाउँ, सही समय”—र अहिले त्यो व्यक्ति जस्टिन डग्लस हुनुहुन्छ।
हाम्रो ह्यारिसबर्ग क्षेत्रमा दुई वटा मन्दिर छन् (र चर्चहरू पनि छन्)। तीमध्ये एउटा मन्दिरले सम्पत्ति कर छुटका लागि वकिल राखेर धेरै संघर्ष गर्यो। तर सही ठाउँमा जस्टिन डगलस हुनु भएकाले, अन्ततः कर छुट प्राप्त गर्न सहज भयो।
हाम्रो अर्को मन्दिरको अवस्था फरक थियो। हामीले वकिल पाउन सकेनौं, प्रतिनिधित्व गर्ने व्यक्ति पनि थिएन। अन्ततः एकजना वकिल भेटियो, तर उहाँले पनि सहयोग गर्न नसक्ने बताउनुभयो।
त्यसपछि मैले काउन्टीको वेबसाइटमार्फत जस्टिन डग्लसलाई सन्देश पठाएँ। मैले हाम्रो समस्या स्पष्ट रूपमा राखें—हामी एउटा नन–प्रफिट संस्था हौं, करिब १०,००० डलर जति सम्पत्ति कर कसरी तिर्न सक्छौं?
उहाँले भन्नुभयो—यदि आवेदन तयार छ भने पुनः पेश गर्न सक्नुहुन्छ। त्यसपछि मैले आफैंले कुनै वकिल बिना सबै कागजातहरू तयार गरेर पेश गरें। छोटो समयमै, जस्टिन डग्लसको सहयोगमा हाम्रो संस्थाले पनि सम्पत्ति कर छुट प्राप्त गर्यो।
मैले यो उदाहरण किन दिएको? फेरि पनि—सही व्यक्ति, सही समय, सही ठाउँ।
अब फेरि समय आएको छ—उहाँलाई सही ठाउँ, वाशिंगटन डीसीमा पठाउने, ताकि उहाँले हाम्रो प्रतिनिधित्व गर्न सकून्।
हामीलाई ठूलो स्तरमा प्रतिनिधित्व गर्न सक्ने व्यक्ति पठाउनुपर्छ। त्यसैले, हामी सबै एकजुट भएर यस प्राइमरी निर्वाचनमा जस्टिन डगलसलाई मतदान गरौं भन्ने मेरो अनुरोध छ।
धेरै धन्यवाद।
(पेन्सिलभेनियाको १० औँ कंग्रेसियल ड्रिस्टिकमा डेमोक्रेटिक प्राइमरी चुनावका उम्मेदवार जस्टिन डग्लसका बारेमा आइतबार ह्यारिसबर्गमा आयोजित फण्ड रेज तथा अन्तरक्रिया कार्यक्रममा डाउपीन काउन्टी कमिश्नर बोर्ड अध्यक्ष समेत रहेका डग्लसका बारेमा भुट्नीज कम्युनीटी अफ ह्यारिसबर्ग बीसीएचका संस्थापक अध्यक्ष टिका ढुङ्गनाद्वारा व्यक्त विचार ।
मे १९ तारिख हुने प्राइमरीमा डेमोक्रयाटिक पार्टीमा डग्लस र जनिल स्टेल्सन बीच प्रतिस्पर्धा हुँदै छ । पूर्व टेलिभिजन पत्रकार जनिल यस अगाडिको चुनावमा रिपब्लिक उम्मेदवार स्कट पेरीसँग मात्र १% मतले पराजित भएकी थिइन्।
मे १९ मा हुने प्राइमरीको विजेताले स्कट पेरी आगामी नोभेम्बरमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्ने छन् ।
स्कट पेरी आठौँ कार्यकालका लागि चुनावी मैदानमा छन् । जनिलले पनि यस अगाडि नेपाली भाषी समुदाय सँगको टाउन हलमा उपस्थित भएकी थिइन । )
र यो पनि …

















