मध्यपूर्व संकट : प्रभावित नेपालीका लागि ‘हेल्प डेक्स’
काठमाडौं / मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अस्थिर अवस्थाका कारण त्यहाँ कार्यरत तथा बसोबास गर्दै आएका नेपालीहरू प्रभावित बनेपछि ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याइएको छ।
राहत, सुरक्षित स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता परेकाहरूलाई छिटो समन्वय र सहयोग पुर्याउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको जनाइएको छ।
संकटग्रस्त देशहरूमा रहेका कतिपय नेपाली परिवारसँग सम्पर्कविहीन अवस्थामा रहेको, साथै नेपाल आउने–जाने धेरै उडानहरू रद्द हुँदा यात्रुहरू अलपत्र परेको अवस्थामा सरकार र सम्बन्धित निकायहरूले समन्वय तीव्र पारेका छन्। सोही क्रममा थप सहयोग सुनिश्चित गर्न ‘हेल्प डेक्स’ सञ्चालन गरिएको जनाइएको छ।
सम्बन्धित देशहरूमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले स्थानीय तहमा समन्वय गरिरहेको जनाएका छन्।
नेपाल फर्कन सफल भए पनि उडान अवरुद्ध भई काठमाडौंमा रोकिएका नागरिकलाई गृह जिल्ला वा घरसम्म पुर्याउन आवश्यक यातायातको प्रबन्ध समेत गरिएको जनाइएको छ।
सहयोग तथा समन्वयका लागि सम्पर्क विवरण
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय (सम्पर्क):
कृष्ण दुलाल – ९८५२०५४०८१
सुदिप ढुङ्गाना – ९८४००४०७१७
काठमाडौं बाहिर जान यातायातका लागि:
भरतप्रसाद अर्याल – ९८४९८८४३७२
देशअनुसार सम्पर्क व्यक्ति:
बहराइन: शेरबहादुर रावत (+973 39016393) / पदम सुन्दर गुरुङ (+973 66907094)
कतार: मोहम्मद अजिज (+974 5523 5921) / राज रेग्मी (+974 66682067)
यूएई: भुवानि प्र. तिमल्सिना (00971 50 795 1019) / रमेश श्रेष्ठ (+971 50 398 0499)
इजरायल: खगेश्वर अधिकारी (+972 54-2859476) / राजेन्द्र उप्रेती (+972 53-7827619)
सहयोग आवश्यक परेका नेपाली नागरिकहरूले माथि उल्लेखित नम्बरहरूमा फोन वा WhatsApp मार्फत सम्पर्क गरी आवश्यक जानकारी र समन्वय लिन सक्ने जनाइएको छ। सम्बन्धित निकायहरूले सबैलाई धैर्य र सतर्कता अपनाउन तथा आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गरेका छन्।















