अमेरिकामा सन् २०२१ मा जन्मिएका बच्चाले पनि रिबेट क्रेडिट (१४ सय डलर) पाउने
अमेरिका । सन् २०२१ को डिसेम्बर ३१ तारिक सम्म जन्मिएका बच्चाहरुका लागि पनि रिकभरी रिबेट क्रडिट दाबी गर्न अमेरिकी इन्टरनल रेभिन्यु सर्भिस (आइआरएस) ले सम्झाएको छ ।
आइएरएसद्वारा बुधवार जारी विज्ञप्तिमा ‘सन् २०२१ मा आफ्नो परिवारमा जन्मिएका बच्चाहरु जसले तेस्रो चरणको आर्थिक प्रभाव भुक्तानी पाएका छैनन उनीहरु रिकभरी रिबेट क्रेडिट अन्तर्गत १४ सय अमेरिकी डलरका लागि योग्य हुन सक्छन्।’ भनिएको छ ।
अमेरिकामा रिबेट क्रेडिट रकम २०२० मा १२ सय र ६ सय गरि दुई पटक वितरण गरिएको थियो । यस्तै सन् २०२१ मा पनि बर्षको शुरुवाति महिनामा धेरैले १४ सय प्राप्त गरेका थिए । ‘अन्य योग्य व्यक्तिहरूले पहिले नै पूर्ण रकम प्राप्त गरिसकेका छन् र उनीहरूको कर रिटर्नमा क्रेडिट दाबी गर्न आवश्यक पर्दैन ।’ आइएरएसले भनेको छ ।
तर पहिला रिबेट क्रेडिट अन्तर्गत कुनै पनि रकम नपाएका व्यक्ति वा परिवारले भने अब ट्याक्स फाइल गर्दा आफैले सो रकमका लागि दावि गर्नु पर्छ ।
‘सबै तेस्रो-चरण आर्थिक प्रभाव भुक्तानीहरू जारी गरिएको छ । २०२१ को ट्याक्स फाइल गर्दा रिकभरी रिबेट क्रेडिटको बाँकी रकम भए दाबी गर्नु पर्छ ।’ आइएरएसले भनेको छ ।
डिसेम्बर ३१ सम्म, आइआरएसले एक सय ७५ मिलियन भन्दा बढी तेस्रो-राउन्ड भुक्तानीहरू जारी गरेको जनाएको छ । जुन २०२१ मा विस्तारित फाइलिङ सिजनको प्रबन्ध गर्दै देशभरका व्यक्ति र परिवारहरूलाई कुल चार सय डलर बिलियन भन्दा बढी भएको आइएरएसको दावी छ ।