चुनावी माहौल अझै बनिसकेको छैन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि निर्धारण गरिएको चुनावको माहौल अझै बनिन सकेको प्रतिक्रिया दिएका छन् ।
आइतबार भरतपुर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनावी वातावरणबारे सरकारले अझै धेरै कुरा थाहा पउन बाँकी रहेकोले चुनावी माहौलबारे यसै भन्न सकिने अवस्था नरहेको दाबी गरेका हुन् ।
‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा माहौल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौँ । चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’
अध्यक्ष ओलीले चुनाव भयो भने आफ्नो पार्टी चुनावमा सहभागी हुने बताए ।
















