सप्लिमेन्टल सेक्युरिटी इन्कमको भुक्तानी ९ दिन भित्रै उपलब्ध गराइने
कार्लाल, पेन्सिलभेनिया / सोसल सेक्युरिटीले सप्लिमेन्टल सेक्युरिटी इन्कम (एसएसआई) का भुक्तानीहरू अबको ९ दिन भित्रै उपलब्ध हुने जनाएको छ ।
फेब्रुअरी २०२६ का (एसएसआई) का भुक्तानीहरु ९ सय ९४ डलर प्राप्त कर्ताहरूलाई ९ दिनभित्र उपलब्ध गरिने बताइएको छ ।
(एसएसआई) भुक्तानीहरू सामान्यतया महिनाको पहिलो दिनमा जारी गर्ने नियम रहेको छ । फेब्रुअरीको भुक्तानी भने जनवरी ३० मा पठाइने छ । कुनै महिनाको पहिलो दिन सप्ताहन्त वा बिदा परेमा (एसएसआई) भुक्तानी अघिल्लो महिनाको अन्तिम दिन जारी गरिने छ । यस वर्ष फेब्रुअरी १ तारिख आइतबार परेको छ ।
(एसएसआई) प्राप्त कर्ताहरू सीमित आम्दानी भएका व्यक्तिहरू हुन् । जसमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरू तथा अन्य योग्य अपाङ्गता भएका व्यक्तिहरू पर्छन् ।
प्राप्त कर्ताहरूले पाउने रकम विभिन्न कारकहरूमा निर्भर हुन्छ । जसमा फाइल गर्ने व्यक्तिको सङ्ख्या पनि समावेश छ । व्यक्तिगत फाइल गर्नेहरूले ९ सय ९४ तथा संयुक्त रूपमा फाइल गर्नेहरूले १४ सय ९१ डलर पाउने छन् । त्यस्तै (एसएसआई) प्राप्त कर्तालाई आवश्यक हेरचाह प्रदान गर्ने व्यक्तिहरूले ४ सय ९८ डलर प्राप्त गर्ने बताइएको छ ।
















