निर्वाचन आयोगको निर्णय मान्दैनौ : खड्का
काठमाडौँ/ नेपाली कांग्रेस शेर बहादुर पक्षले निर्वाचन आयोगको निर्णय नमान्ने बताएको छ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको विषेश महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको थियो।
आयोगको निर्णय पछि देउवा पक्षका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले अब आफूहरूले राजनीतिक र कानुनी दुवै लडाइँ जारी राख्ने बताए।
‘यो अमान्य छ । संस्थापन पक्ष खारेज गर्छ । वैधानिक र राजनीतिक लडाइँ लड्छौँ ।’ आयोग परिसर बाहिर सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै खड्काले भने।
उनले निर्वाचन आयोगको विधान विपरीत भएको विशेष भेलालाई मान्यता दिएको दाबी गरे ।
खड्काले आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने संकेत गरेका छन् ।

















