पेन्सिलभेनिया टर्न पाइकमा दशकयता सबैभन्दा न्यून टोल फी वृद्धि
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनिया टर्न पाइक आयोगले सन् २०२६ का लागि नयाँ (टोल फी) सार्वजनिक गरेको छ ।
यही जनवरी ४ तारिखदेखि लागू हुने नयाँ तालिकाअनुसार टोल फी मा ४ प्रतिशत वृद्धि हुने जनाइएको छ । सन् २०१४ पछि टर्न पाइकमा सबैभन्दा कम दरको वृद्धि भएको हो ।
आयोगका अनुसार यो वृद्धि एक्ट ४४ अन्तर्गतको डेब्ट सर्भिस तिर्न आवश्यक भएको हो । उक्त कानुनमार्फत पेन्सिलभेनिया राज्यका यातायात कार्यक्रमहरूलाई आर्थिक सहयोग प्रदान गरिन्छ ।
नयाँ दरअनुसार प्रतिमाइल शुल्क ४० दशमलव ७० बाट बढेर ४० दशमलव ७३ पुगेको छ । त्यस्तै मुख्य टर्न पाइक र नर्थ-इस्ट एक्सटेन्सनमा सेग्मेन्ट शुल्क ४१ दशमलव ०९ बाट ४१ दशमलव १३ मा वृद्धि हुनेछ । दूरी वा सेग्मेन्टमा आधारित टोल प्रणाली नभएका एक्सटेन्सनहरूमा पनि विद्यमान यात्रामा ४ प्रतिशतले टोल बढाइने आयोगले जनाएको छ ।
सर्वसाधारणले बढी प्रयोग गर्ने टोल दरहरूमा भने सीमित वृद्धि हुनेछ । यात्रुवाहक सवारीसाधनका लागि ई–जेड पास प्रयोगकर्ताले अब ४१ दशमलव ९४ तिर्नुपर्नेछ । पहिले ४१ दशमलव ८६ थियो । टोल बाइ प्लेट प्रयोगकर्ताका लागि दर ४३ दशमलव ७२ बाट बढेर ४३ दशमलव ८८ हुनेछ ।
त्यसै गरी, क्लास–५ ट्र्याक्टर–ट्रेलरका लागि ई–जेड पासमार्फत टोल ४ सय २३ दशमलव १६ बाट ४ सय २४ दशमलव १२ पुग्नेछ । टोल बाइ प्लेट प्रयोग गर्दा ४ सय ४६ दशमलव ३२ बाट ४ सय ४८ दशमलव २४ तिर्नुपर्नेछ ।
आयोगले आगामी वर्षहरूमा टोल वृद्धिको दर अझै घट्ने प्रक्षेपण गरेको छ । सन् २०२७ मा ३ दशमलव ५ प्रतिशत र २०२८ मा ३ प्रतिशत मात्र वृद्धि हुने अपेक्षा गरिएको छ ।
अधिकारीहरूका अनुसार पेन्सिलभेनिया टर्न पाइकमा यात्रुवाहक सवारीसाधनका लागि लागू ई–जेड पास टोल दरहरू हाल पनि अमेरिकाका अन्य टोल सडक, पुल र सुरुङहरूको राष्ट्रिय औसतभन्दा कम छन् ।
तस्बिर सौजन्य : पिए टर्न पाइक















