पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आज गायक नवीन के भट्टराईको प्रस्तुति
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ गायक नवीन के भट्टराईले आज (डिसेम्बर २० तारिख शनिवार) साँझ पेन्सिल्भेनियाको ह्यारिसबर्गमा प्रस्तुति दिँदै छन्।
ह्यारिसबर्गको डाउन टाउनमा रहेको एचम्याकमा (1110 N 3rd St, Harrisburg, PA 17102) मा शनिवार साँझ सात बजे पछि नवीनको प्रस्तुति रहने स्थानीय आयोजक विशाल ढुङ्गानाले बताए।
नवीनको ह्यारिसबर्गको कार्यक्रम सभेन्टीटुहन्ड्रेट इन्टरटेन्डमेन्डले आयोजना गर्न लागेको हो।
‘६ बजे डोर ओपन हुन्छ, ७ बजे स्थानीय कलाकारहरूको प्रस्तुति छ, त्यस पछि नवीन दाई स्टेज चढ्नु हुने छ।’ समाज टाइम्स सँग ढुङ्गानाले भने।
नवीन यस पटक आफ्नो ब्यान्ड मेम्बर सहित अमेरिकामा साङ्गतिक यात्रामा आएका हुन्। ह्यारिसबर्गबाट उनले आफ्नो यात्राको शुरु गर्दै छन्।

ढुङ्गानाले टिकट शुल्क ७५ अमेरिकी डलर रहेको बताए।
यसै बीच शुक्रवार साँझ नवीन आफ्ना विषेश समर्थक बीचको मिट एण्ड ग्रिडमा सहभागी भएका थिए।
















