सिपी पौडेलद्वारा जनसम्पर्क समिति अमेरिकाको सभापतिमा उम्मेदवारी घोषणा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ टेक्सस निवासी सिपी पौडेलले नेपाली जनसम्पर्क समिति अमेरिकाको भावी अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।
सोमबार समाज टाइम्स संवादमा पौडेलले सो घोषणा गरेका हुन्। पौडेल अहिले नेपाली जनसम्पर्क समिति अमेरिकाको उप सभापति हुन्।जनसम्पर्क समितिको पछिल्लो अधिवेशन सन् २०१४ मा भएको थियो।
लामो अन्तराल पछि अधिवेशनको तयारी शुरु गरेको जनसम्पर्क समितिले आज (डिसेम्बर १५ तारिख सोमबार) सदस्यता वितरणको अन्तिम दिन तोकेको छ।
डिसेम्बर २० मा च्याप्टर अधिवेशन र २७ मा केन्द्रको अधिवेशन गर्ने तयारी गरिएकोमा केन्द्रिय अधिवेशनको समय भने हेरफेर हुन सक्ने समेत पौडेलले बताए।
पौडेलले सबैलाई जनसम्पर्क समितिको सदस्यता लिइदिन पनि आग्रह गरेका छन्।
पौडेल सँगको संवादको पुरा भिडियो।














