एनआरएनएमा अध्यक्षात्मक प्रणाली नै गलत छ : गौरी जोशी
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का महासचिव गौरी राज जोशीले संस्थाको विद्यमान विधानको चर्को आलोचना गरेका छन्।
समाज टाइम्स संवादमा जोशीले एनआरएनएमा अध्यक्षात्मक प्रणाली नै गलत भएको बताए। उनले त्यसलाई सुधार गर्नु पर्ने धारणा राखेका छन्।
एनआरएनएको भावी अध्यक्षको उम्मेदवारी घोषणा गरे पनि हाल स्टेरिङ कमिटीमा रहका जोशीले निश्चित व्यक्तिलाई जिताउन निश्चित व्यक्तिलाई प्रतिनिधि छनौट पर्ने प्रक्रिया पनि गतल हुँदै आएको बताए।
‘निश्चित व्यक्तिलाई जिताउने खेल भइरहेको छ त्यो बन्द हुनु पर्छ, डेलिगेट प्रक्रिया नै खारेज गर्नु पर्छ।’ समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरे सँग गरिएको संवादमा महासचिव जोशीले भने ।
महासचिव गौरी राज जोशी सँगको संवादको पुरा भिडियो।

















December 15, 2025 @ 9:47 am
एनआरएनएमा बृहत् एकता: क्षेत्रीय सुदृढिकरण सहितको पुनःशंरचनानै उत्तम विकल्प l