ह्यारिसबर्गमा नेपाली भाषी भुटानीको लगानी रहेको इभेन्ट हलले सेवा शुरु गर्यो
मिडलटाउन, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग र आसपासमा बसोबास गर्दै आएका नेपाली र नेपाली भाषी भुटानी समुदाय लक्षित इभेन्ट हलले शनिवार देखि सेवा शुरु गरेको छ।
लालीगुराँस इभेन्ट संचालक देवीका बस्नेत र प्रकाश चुहान तथा इन्डियन करी लाउन्जका संचालक प्रकाश गुरुङ र पद्मा गुरुङको लगानी रहेको इभेन्ट हलले सेवा शुरु गरेको हो।
मिडलटाउन (1400 Fulling Mill rd, Middletown PA 17057) रहेको इभेन्ट हलको नाम ‘द हेरिटेज हल एण्ड गार्डेन’ रहेको छ।
१८ एकर्ड क्षेत्रफल रहेको गार्डेनमा पाँच सय क्षमताको हल रहेको छ।
‘डेरी स्ट्रिटबाट जम्मा १२ मिनेटको दूरीमा रहेको द हेरिटेज हल एण्ड गार्डेनमा हामीले शनिवार आफ्नो पहिलो कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्यौ।‘ प्रकाश चुहानले समाज टाइम्स सँग भने,’यो ह्यारिसबर्ग र ल्यानक्यास्टरको बीचमा पर्छ।‘
चुहानले यस क्षेत्रमा नेपाली भाषी समुदायको बसोबास बाक्लिँदै गए पछि आफ्नो रीतिरिवाजलाई मौलिकता दिन इभेन्ट हल व्यवसाय शुरु गरिएको बताए।

‘हामीले शनिवार साँझ एउटा हाम्रो कम्युनिटीमा कुन तरिकाको इभेन्ट गर्न सकिन्छ भन्ने खालको एउटा शोकेस गरेको हौ।‘ चुहानले भने, ‘जसमा हामीहरूले समुदायका भेनडरहरु, व्यवसायी समूह जसलाई पटक पटक इभेन्टहलहरु आवश्यक पर्न सक्छ उहाँहरूलाई बोलाएर कार्यक्रम गरेका हौ।‘
उनले समुदायको आर्थिक अवस्थामा सुधार हुँदै गएकाले सोही अनुसार नै आफूहरूले इभेन्ट हल ल्याएको बताए।
‘हामी क्याम्पमा हुँदा दुनो टापुरीमा दुइटा रोटी खान्थ्यौ। बीचमा मुलाको अचार खान्थ्यौ। नेपाल हुँदा हाम्रो गाउँघरमा त्यसरी चल्थ्यो।‘ चुहानले भने, ’अमेरिका आए पछि पनि त्यसरी नै खायौ। त्यो नर्मल थियो, हामीहरूले युथ एण्ड थ्रो चलाउन थाल्यौ। त्यो अहिलेसम्म चलेर आएको छ । सबैको पार्टीमा सजिलो हुन्छ, फ्याल्न, सफा गर्नु परेन । त्यो चल्यो। अब हाम्रो कम्युनिटी १० देखि १५ वर्षको टाइममा धेरै माथि पुगेको छ अरू कम्युनिटी कम्पेरिजनमा।‘

चुहानले इभेन्ट हलमा विवाह, अन्य कुनै पनि भोज भतेर सहितका सामाजिक र सांस्कृतिक कार्यक्रम गर्ने गरी प्रयाप्त स्थान रहेको बताए।
‘हाम्रो हलमा तीन सय कुर्ची छन्, कुल क्षमता पाँच सयको छ, ८० वटा पार्किङ छ।‘ चुहानले भने, ’एकान्त ठाउँ छ, १८ एकडको जमिन छ हामी हल बाहिर पनि टेन्ट टाँगेर, नेपाल भुटानमा जस्तै बाहिर मण्डव नै बनाएर विवाह तथा अन्य कार्यक्रम गर्न सक्छौ।
उनले विभिन्न कलाकारहरूको सांस्कृतिक कार्यक्रम, ल्होसार सहित विभिन्न चाडपर्वमा आयोजना हुने कार्यक्रम आयोजनाका लागि पनि यो स्थान उपयुक्त रहेको बताए।

चुहानले शनिवार ग्रान्ड ओपनिंग भन्दा पनि एउटा भिआइपी ट्रिटमेन्ट दिने तरिकाको पार्टी गरिएको बताए। ‘जतिलाई बोलाउन सक्यौ बोलाउने ट्राई गर्यौ पनि अलि छोटो समय थियो।‘ उनले भने,’मुख्य रुपमा हाम्रो समुदायलाई हामीले कुन स्तर सम्मको सुविधा दिन सक्छौ भन्ने जानकारी दिनु हो।’
उनले आफुहरुकोमा जमिन धेरै भएकाले दिउसोको समयमा जेष्ठ नागरिकहरूलाई घुमफिरको ठाउँ पनि बन्ने बताए।
‘हाम्रो कम्युनिटीमा एडल्ट देखेर हरुको प्रचलन आउन थालेछ। यसो कम्पनी चलाइरहनु भा छ दाइहरूले। त्यसो त्यो सबै ल्याएर बुढा-बुढी हरूलाई त्यता वरिपरि अब ठुलो एरिया छ एक्टिभिटिज गेम हरू खेलाउनु खेलाउँदा फेरि त्यो नि गर्न सकियो। आउटडोर स्पेस हरू जति छ सो सांस्कृतिक कार्यक्रम गर्न सकियो।‘ चुहानले भने।
चुहानले एकान्त ठाउँ र धेरै क्षेत्रफलमा फैलिएकोले छिमेकीलाई हल्ला हुने डर पनि नहुने बताए।

यसै बीच शनिवार साँझ आयोजित विषेश कार्यक्रममा स्वातारा टाउनसिपका उपाध्यक्ष स्वतारा टाउनसिपका उपाध्यक्ष शेन स्टेल, नव निर्वाचित आयुक्त बिनिता पुरी राई, भुट्नीज कम्युनीटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला, विभिन्न कलाकारहरुले नयाँ व्यवसाय शुरु गरेकोमा शुभ कामना दिएका थिए।
सेन्टर पेन्सिल्भेनियामा नेपाली भाषी समुदायले संचालन गरेको यति ठूलो इभेन्टहल यो पहिलो हो।

















