फिफा विश्वकप फुटबलको ‘ड्र’ सार्वजनिक, ६ टोली अझै निर्धारण हुन बाँकी
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
कार्लाल पेन्सिलभेनिया/
फिफा विश्वकप फुटबल २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ ।
वासिङ्टन डिसीस्थित जोन एफ. केनेडी सेन्टर फर दि परफर्मिङ आर्ट्समा शुक्रवार आयोजित भव्य कार्यक्रमकाविच विश्वकप फुटबलको ‘फाइनल ड्र’ सार्वजनिक भएको हो । इङ्गल्यान्ड का पूर्व कप्तान रियो फर्डिनान्डले १२ समूहरूको ‘ड्र’ सार्वजनिक गरेका थिए । फाइनल ‘ड्र’ समारोहमा खेलकुदका आइकनहरु टम ब्रेडी, वेन ग्रेट्ज्की, आरोन जज र शकिल ओनिल उपस्थित थिए ।
फाइल ‘ड्र’ सार्वजनिक भएसँगै ब्राजिल, मोरक्को, नेदरल्याण्ड्स, जापान, फ्रान्स तथा २००२ का ‘जाइयण्ट किलर्स’ सेनेगलबीचको पुनः भेटले यो वर्षको विश्वकप फुटबल थप रोमाञ्चक बन्ने देखिएको छ । त्यस्तै पहिलो पटक विश्वकपमा पुगेको काबो भेर्दे, कुराकाओ, जोर्डन, उज्बेकिस्तान तथा स्पेन, जर्मनी, अर्जेन्टिना र पोर्चुगलसँगको हेर्न लायकको हुनेछ । सन् २०२६ को ११ तारिखमा सहआयोजक टिम मेक्सिको र दक्षिण अफ्रिकाबिच उद्घाटन खेल हुनेछ । उद्घाटन खेल मेक्सिको सिटीमा हुने तय भएको छ । त्यस्तै, आगामी १०४ खेल तालिका र रङ्गशालाको घोषणा हुन भने बाकी छ । यो सबै खेलको तालिका डिसेम्बर ६ तारिख शनिवार घोषणा हुनेछ । विश्वकपको ४८ मध्ये ६ टोलीको अझै निर्धारण भइसकेको छैन । ६ टोली भने आगामी २०२६ को मार्चमा मात्र पत्ता लाग्नेछन् ।
तस्बिर सौजन्य, बिबिसी न्युज















