फिफा विश्वकप २०२६ : तीन देशका सरकार प्रमुखहरू फाइनल ड्रमा उपस्थिति हुने
|
Getting your Trinity Audio player ready...
|
वाशिङ्टन डीसी / फिफा विश्वकप २०२६ का तीन सह–आयोजक देश संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाका राष्ट्र प्रमुख तथा सरकार प्रमुख आगामी ५ डिसेम्बरमा हुन लागिरहेको ऐतिहासिक फाइनल ड्र का लागि वाशिङ्टन डीसीमा एकै ठाउँ जुट्ने भएका छन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शाइनबाम, र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जोन एफ. केनेडी सेन्टर फर द परफर्मिङ आर्ट्स मा हुने कार्यक्रममा आफ्नो उपस्थिति औपचारिक रूपमा पुष्टि गरेका छन्।
४८ टिमको पहिलो विश्वकप १२ समूहको ड्र शुक्रवार सार्वजनिक हुँदै छ।
यसपटक पहिलोपटक ४८ टिम सम्मिलित विश्वकपका लागि १२ समूह को संरचना सार्वजनिक हुने दिन विश्वभरका फुटबल समर्थकले प्रतीक्षा गरिरहेका छन्। फाइनल ड्र फुटबल इतिहासकै महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
तीन देशको तयारी : १६ शहर, १०० भन्दा बढी खेल, करोडौं दर्शक
तीन नेताहरूले संयुक्त रूपमा उत्तर अमेरिकाका १६ होस्ट सिटीमा स्वागत गर्दै विश्वभरका करोडौं समर्थकलाई फुटबल उत्सवमा सहभागी हुन आह्वान गर्नेछन्।
मेक्सिको – तेस्रोपटक विश्वकप आयोजना गर्दै ११ जुन २०२६ मा मेक्सिको सिटी स्टेडियममा उद्घाटन खेल खेलाउने। कुल १३ खेल।
क्यानडा – पहिलोपटक पुरुष विश्वकप आयोजना गर्दै १२ जुन २०२६ मा टोरन्टो स्टेडियममा आफ्नो पहिलो खेल। कुल १३ खेल।
संयुक्त राज्य अमेरिका – १९९४ पछि पुन: आयोजना गर्दै १२ जुन २०२६ मा लस एन्जलस स्टेडियममा पहिलो खेल, र १९ जुलाई २०२६ मा न्यूयोर्क–न्यू जर्सीमा फाइनल। कुल ७८ खेल — इतिहासकै सबैभन्दा ठूलो संस्करण।
६० लाख टिकट उपलब्ध, करिब २० लाख पहिले नै बिक्री
अधिकृत विवरण अनुसार, फिफा विश्वकप २०२६ का लागि ६ मिलियनभन्दा बढी टिकट उपलब्ध हुनेछन्, जसमध्ये करिब २ मिलियन टिकट पहिले नै बिक्री भइसकेका छन्।
उत्तर अमेरिकाभर फैलिने यो महोत्सवले संसारभरका समर्थकलाई एकैछिनमा जोड्ने अपेक्षा गरिएको छ।












