दीपक-दिपाको मेरिल्याण्डमा बिदाइ कार्यक्रम
गेथेस्बर्ग, मेरिल्याण्ड/ अमेरिकामा साङ्गीतिक भ्रमणमा रहेका नेपाली चर्चित कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल लगायतको मेरिल्याण्डको गेथेस्बर्गमा बिदाइ गरिएको छ।
४ भाइ इन्टरटेनमेन्टको प्रस्तुतिमा “छक्का पन्जा इन गेथेस्बर्ग” कार्यक्रम गरी उनीहरूको बिदाइ गरिएको हो। अन्तिम कार्यक्रम भेटघाट र बिदाइ स्वरूप कार्यक्रमको आयोजना गरेको हो ।
४ भाइ इन्टरटेनमेन्टका प्रमुख दिवस वनका अनुसार उक्त कार्यक्रममा वरिष्ठ कलाकार शिवहरी पौडेल तथा चर्चित नायक प्रज्वल गिरीको पनि उपस्थिति रहेको थियो।
पहिले पटक दिपक, दिपा र जितु नेपाललाई गेथेस्बर्गमा देख्न पाउँदा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली कला प्रेमी नेपालीहरूले खुसी व्यक्त गरेका थिए। धेरैले दिपक , दिपा र जितु सँग नाचगान समेत गरेका थिए।

कार्यक्रम संयोजक निमेष गिरीले नेपाली कला तथा सांस्कृतिक कार्यक्रमहरूलाई आफूहरूले निरन्तरता दिँदै जाने बताए।
नेपाली कला एवं चलचित्र क्षेत्रका विविध गतिविधि आफू जहाँ भए पनि निरन्तरता दिनुपर्छ भन्ने सोचेन यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको ४ भाइ इन्टरसमेन्टका सल्लाहकार एवम् चलचित्र प्रोडक्सन डिजईनर कृष्ण कोइरालाले बताए। साथै कार्यक्रमको सफलताको लागी यस संस्था ४ भाइ इन्टरटेनमेन्टका सदस्यहरू उत्सव रिमाल, राजेन्द्र श्रेष्ठ अनी पुराना रेडियोकर्मी सन्जु शाहीको पनि विशेष भूमिका रहेको थियो ।
कार्यक्रमको सञ्चालन वरिष्ठ गीतकार एवं निर्माता बाबुराम दाहालले गरेका थिए। कार्यक्रमलाई रोचक बनाउन दिपक, दिपा अनी जितुले एकल प्रस्तुतिका साथ संयुक्त प्रस्तुति दिएका थिए।















