पेन्सिल्भेनिया ल्यानक्यास्टरमा मम एक्सटेन्सनको शुभारम्भ
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा तीस वर्ष अगाडि देखि नेपालीले सञ्चालन गरेको ताज महल रेस्टुरेन्टले बुधवार देखि ममको पनि विस्तार गरेको हो।
ताज महलकै आडमा ‘मम एक्सटेन्सन’ को शुभारम्भ गरिएको हो।
जेष्ठ नागरिक गीता सुवेदी र मिना गिरीले मम एक्सटेन्सनको शुभारम्भ गरेका थिए।
सुवेदीले रिबन काटेकी थिइन्।
‘उहाँ मेरी भाइ बुहारी, तीस वर्ष अगाडि ताज महलमा उहाँले नै पहिलो पाइला टेक्नु भएको थियो, र आज फेरि उहाँबाट नै मम एक्सटेन्सनको शुरु गर्दै छु।‘ ताज महल रेस्टुरेन्ट र मम एक्सटेन्सनका संचालक मणि शर्माले भने।
सोही समयमा प्रमुख अतिथि सामाजिक अभियन्ता मिना गिरीले तीस वर्ष अगाडि आफूले शर्मालाई ताज महल रेस्टुरेन्ट खरिद नगर्न सल्लाह दिएको तर अहिले आफूलाई गलत साबित गरिदिएकोमा खुसी लागेको बताइन्।
मम एक्सटेन्सनको शुभारम्भका समयमा एक सय असीको हाराहारीमा उपस्थित नेपाली र गैर नेपाली समुदायको उपस्थित रहेको थियो।
मम एक्सटेन्सनकी सञ्चालिका अर्चना शर्माका अनुसार अब देखि चार प्रकारका मम उपलब्ध हुने छ।
स्टिम मम १२. ९९ डलर मूल्य तोकिएको छ। यस्तै फ्राई मम १३.९९ डलर, झोल मम, चिल्ली मम र मन्चुरियन ममको १४.९९ डलर मूल्य तोकिएको छ।
मम एक्सटेन्सनमा पानी पुरी, सेकुवा, थुक्पा लगायतका अन्य नेपाली परिकार पनि उपलब्ध हुने जनाइएको छ।
र यो पनि ….












