शेर बहादुर दाइ अब तपाईँले कसका लागि कुटाई खाने ?

Getting your Trinity Audio player ready...
|
बिष्णु सुवेदी
शेर बहादुर दाइ तपाईँले २०४८ साल देखि जेन जी आन्दोलनको अघिल्लो दिन सम्म कतिलाई सांसद, मन्त्री, मुख्य मन्त्री, केन्द्रीय सदस्य, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता लगायत पार्टी भित्र धेरैलाई धेरै दिनु भयो, बनाउनु भयो ।
१०-१२ वर्ष देखि अधिवेशन नगरी नेपाल तरण दल, नेपाल विद्यार्थी संघ लगायत विभिन्न भातृ संघ संस्था एव शुभेच्छुक संघ संस्थामा छानी छानी तदर्थ वादमा आफ्ना मान्छे बनाउन लाग्नु भयो, बनाउनु भयो ।
तल्लो तहको पुलिस देखि प्रहरी प्रमुख आइजि, एआईजी, डिआइजी बनाउनु भयो । सचिव देखि मुख्य सचिव, अख्तियार देखि राजस्व भन्सार देखि राष्ट्र बैंक गभर्नर, संवैधानिक निकाय, शाखा अधिकृत देखि राजदूत सम्म बनाउनु भयो ।
कतिलाई सरुवा बढुवामा सहयोग गर्नु भयो । एआइको कमाल हो कि के हो जेन जी आन्दोलनमा तपाईँको घर जलाइयो, गाडी जलाइयो, सर सामान जलाइयो तपाई र भाउजुलाई निर्घात कुटपिट समेत गरियो । भिडियोमा हेर्दा त हामीलाई जिउँ जिरिङ्ग हुन्छ। भोग्ने तपाईँलाई कस्तो भयो होला ?
अनि त्यो बेला आफूले बदनाम खेपेर २०४८ देखि जेन जी आन्दोलनको अघिल्लो दिन सम्म तपाईँले बनाएका ती व्यक्तिहरू कता गए । कहाँ गए कति सयौँ संख्यामा बनाइएका नेविसंघ केन्द्रीय समिति, तरुण दलको जम्बो समिति ।
कहाँ गए ती तपाई पहिलो पटक सभापति भए देखि ११-१२ अधिवेशन नगरी बसेका नेपाली जनसम्पर्क समितिहरू लगायत विभिन्न भातृ संघ संस्थाहरू, साथै तपाईँबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा फाइदा लिएकाहरू ।
तपाईँको त्यो अवस्था हुँदा तपाईँको साथमा कोही भएनन्, देखिएनन् कहाँ गए ती ? भव्य महलबाट घिसार्दै, लछार पछार गर्दै रक्ताम्मे बनाउँदा कहाँ गए ती तपाइले बनाएका मान्छे। जबकि ती सबै दृश्य प्रत्यक्ष प्रसारण भइरहेका थिए। तपाईँको भीमकाय कम्पाउन्डमा घण्टौँ सम्म तपाई जीवन मरणको दोसाँधको अवस्थामा हुँदा ती अन्य समयमा जस्तै कुद्दै बुढानीलकण्ठ किन आएनन्?
नत त्यसको भोली पल्ट नै पार्टीका भातृ संस्थाहरू आफ्नो सभापति माथिको साङ्गतिक हमलाको विरोधमा उत्रन सके। उल्टो तपाईँको घरमा जलेको अवस्थामा भेटिएको भनिएको रकमले हामी जस्ता जीवन नै कांग्रेस भनेर बिताउनेहरूको सिर निहुरिएको छ।
लोकतान्त्रिक शासन व्यवस्थामा जे नहुन पर्ने भयो। आफ्नो पार्टी सभापति निर्घात कुटिएको फोन फोनमा हरेर बस्नेहरू अब फेरि केही पाउनका लागी गोहीको आँसु चुहाउँदै सामाजिक संजाल रङ्गाउँदै छन्।
तपाईँको वरिपरि चाकडीमा धाई रहेका छन्, धाउने छन् तपाई के भन्दा खुसी हुनु हुन्छ त्यही भन्ने छन् सुनाउने छन् । त्यस्ता चाटुकारहरूको कुरा सुनी तिनीहरूको फाइदाका लागी फेरि तपाई बदनाम हुने ?
के का लागी । तपाईँको त्यो अवस्था हुँदा तपाई र भाउजू बाट लाभ र सुविधा लिएकाहरू कहाँ गए कोही आए सहयोग गर्न ? कसैले सहयोग गरे ? तपाईँको स्वकीय तपाई सँग रहेनन् । केवल तपाईँहरू, श्रीमान् र श्रीमती दुई जना मात्र ।
अनि अब पनि तपाई कसका लागी बदनाम हुने ? अब कसलाई के के बनाउनु छ बनाएर के हुने रहेछ ? बनाउने जति बनाई सक्नु भयो तपाईँलाई अप्ठेरो अवस्थामा कसैले सहयोग गरे ?
अब त तपाईँलाई जानकारी भए होला कसलाई बनाएर केही हुँदो रहेछ आफूलाई अप्ठ्यारो पर्दा कोही आएनन् केही गरे ……? अब तपाईँले सोच्नु पर्ने बेला आएको छ फेरि तिनै स्वार्थीहरूको स्वार्थ पुरा गर्न फेरी बदनाम हुने कि नहुने ? आफूले आफूलाई नै प्रश्न गर्नुहोस्। भाग्यले पाएको बाँकी मानव जीवन चरम सुख साथ आध्यात्मिक तवरले बिताउने कि ? फेरि चाटुकारहरूको पन्जामा पर्ने तपाई आफैमा निरभर छ। तपाई अन्तर आत्माले सोच्नु हुने छ।
मेरो सुझाव अब तपाईँले कसका लागि खाने पिटाइ ? दाइ भाउजुको तपाई दुवैको स्वास्थ्य लाभको कामना गर्दछु ।
जय नेपाल ।
(सुवेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा विश्व सञ्जालका सभापति हुन्।)