म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्न पनि दिइन् : केपी ओली

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन् ।
बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै उनले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन भन्ने सङ्कल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सधैँ जोड दिँदै आएको बताए ।
वर्तमान समयमा कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई ‘झोले’ भन्ने चलन नै चलिसकेको पनि उनको भनाई छ ।
उनले भने, ‘कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई झोले भन्ने चलन नै चलिसक्यो । ०७४ मा सरकार बन्यो त्यो सरकारले असाधारण दृष्ट्रिकोणहरु प्रस्तुत गर्यो र तिनीहरूको कार्यान्वयन गर्दै गयो । शुसासन र विकासमा ध्यान केन्द्रित गर्यो । शुसासनको क्षेत्रमा धेरै कामहरु भए, विकासका क्षेत्रमा नयाँ नयाँ मोडल, तरिका र चिन्तनका अगाडि बढ्यौँ । भ्रष्टाचार उन्मुलन भयो भन्दिन म, तर सकेसम्म नियन्त्रण गर्यौँ । म सरकारमा हुँदा आफूले भ्रष्टाचार गरिन र सकेसम्म अरूलाई पनि गर्न दिएको छैन । फेरि पनि गर्दैनौँ र गर्न दिँदैनौँ भन्ने सङ्कल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सधैँ जोड दिँदै आएका छौँ ।’