अमेरिकामा रहेका १७ जना कांग्रेसीजनको अपिल
कांग्रेस ,जनसंपर्क नेतृत्व र साथीहरु
सर्वप्रथम देशका प्रति जीवन दिने ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धांजलि!
नेपाल अहिले बिषम परी स्थितिमा छ । जलेको सिंह द रबार,खरानी भएको अदालत र जेल तोडेर भागेका भ गाइएका अपराधी हरुको बिच बाट नेपाल उठाउनु पर्ने छ । यसरि हेर्दा सिंह दर वार मात्रै जलेको छैन प्रशासन जलेको छ । अदालत जल्दा न्यायलयको कार्यसम्पादन जलेको छ ,मानसिक रुपले हारेको प्रहरिको हरेक सदस्य , वर्षौंको परिश्रमले खडा गरेको व्यापार खरानी हुंदा लगानीकर्ताको मनोबल गिरेको छ ।
नयाँ सरकारको गठनले निर्वाचन गराउने कुरालाई प्राथमिकतामा राखेको छ। सबैलाई सम्बोधन गर्न यो सरकार पर्याप्त छैन अझ कुनै ब्यक्ती बिशेषले नेपालको सिंगो भ्रष्टाचारको संजाललाई तोड्न सक्छ भन्ने कुरा तुरुन्तै बिश्वास गर्ने आधार छैन । नेपालको भ्रष्टाचारमा राजनितिक नेतृत्व प्रमुख जिम्मेवार हो । यो आन्दोलनमा देखिएको नेताहरुको बैभवयुक्त महलहरु मात्रैले पनि त्यो पुष्टी गर्छ । अझ समाचारहरुमा आए जस्तो नगद, रक्सिका महंगा ब्राण्ड ,सुन चांदी जवाहरत हरु पनि भेटिएका हुन् भने त्यो अक्षम्य अपराधका लागी हदै सम्मको सजाय हुनुपर्छ । यो संगै कर्मचारीतन्त्र, सुरक्षा निकाय,अदालत सबैतिर राजनीतिको प्रवेश ,घुस प्रकरण ,नियुक्तीलाई भ्रष्टाचारसंग जोडेर यो सरकारले हेर्न सक्छ कि सक्दैन भन्ने गम्भिर चासो पनि छ। यि सबै अपराधिलाई यथासक्य कानुनको घेरामा ल्याउनुपर्छ र नेपाली कांग्रेसले त्यसमा सहयोग गर्नु पर्छ ।
यी सबै अपराधिको कारवाहिको कुरा गर्दैगर्दा सरकारी सम्पत्तीहरु जुन ढंगबाट जलाईएका छन् ति सामान्य जेन जिका भाइ बहिनिहरुले गरेको हो भन्ने आधार छैन | सुनियोजित ढंगबाट लगभग सबै सरकारी निकाय,अदालत जलाईनु ,जेल तोडिनु र त्यहाँबाट निस्किएर कैदिले बिजयि भावमा गाडिबाट हात हल्लाउंदै हिड्नुले त्यो प्रायोजित थियो भन्ने पुष्टि गर्छ । यि अपराधिलाई पनि हदै सम्मको कारवाही हुनुपर्छ ।
नेपाली राजनिती केहि वर्ष देखी प्रतिपक्ष बिहिन थियो । प्रतिपक्षी बेंचमा बस्ने हरु पनि सत्ता नपाउंदा सम्मका प्रतिक्षारत सत्ता लोलुप मात्रै थिए । त्यसले जनाताको आवाज संसद सम्म बिरलै पुग्थ्यो । यो भ्याक्कुम को अवस्थानों असन्टुष्टिहरु बढाउंदै लगेको थियो र बिस्फोट भयो ।
कम्युनिष्टहरुसंगको सहकार्य अन्त्यमा पार्टिका लागी मात्रै हैन समग्र देशका लागी पनि प्रत्युत्पादक हुन पुरियों । बिश्व राजनितिमा नेपालालाइ कम्युनिष्ट कित्तामा उभ्याउनुको परिणाम पनि जोडिन पुगेको तितो सत्य पनि बिर्सनु हुन्न । नेपाली कांग्रेसले सत्ताको लोभमा कम्युनिष्ठरुसंग सत्ता साझेदारी मात्रै गरेन आफुले लिएको पराराष्ट्र मन्त्रालयलाई पनि दुरुपयोग गर्न दियो र परिणाम हामी सबैले भोग्नुपर्यो ।
नेपाली काँग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टी नेतृत्वले इतिहासको गलत पक्षमा उभिँदा अब चुप बस्न हुंदैन। पार्टी सभापति शेरबहादुर देउवाले केपी ओलीको भ्रष्ट र आपराधिक सरकारलाई समर्थन गरेर प्रजातन्त्र र न्यायका मूल्यहरूलाई धोका दिएका छन्। गठबन्धनले हाम्रो विश्वासनीयता कमजोर बनाएको छ, हाम्रो नैतिक धरातल नष्ट गरेको छ, र नेपाली काँग्रेसको भविष्यलाई जोखिममा पारेको छ।
अन्त्यमा देश जलेर खरानी भएको छ, दर्जनौ मारिएका छन् ,देशको अर्थतन्त्र ,राजनिती र कुटनिती कमजोर अवस्था मा पुगेको छ । हिजो सत्ताको रस लिने हरु फेरी जुर्मुराउंदैछन् देश र प्रजातन्त्र नै संकटमा पार्नेहरु चोखो देखिन खोज्दैछन् । व्यापक भ्रष्टाचार, बढ्दो निरंकुशता, र जनविश्वासको विश्वासघातको सामना गर्ने सन्दर्भमा वर्तवाम्न पार्टी नेतृत्व बोझ मात्र बनेको छ, समाधान होइन। पार्टी नेतृत्वको तत्काल राजीनामा माग गर्दछौं जसले नेपाली काँग्रेसको आपतकालीन महासभा को मार्ग प्रशस्त गर्नेछ।
कोइराला निवास,भट्टराई आश्रम, गणेशमान सिंहमाथिको यातना,योगदानको ईतिहास बोकेका घरसंगै बैभव र सम्पन्नताको पर्याय देखिने महल जल्नुलाई ,एउटै बास्केटमा हालेर तुलना गर्ने र इमान्दार देखिने,देखाउने काम हुंदैछ| सॉसद ख़रीद बिक्री,सुरा सुन्दरी, पजेरो लगायतका अनेक काण्डले यो विद्रोहको जग तयार गरेको हो ।यस्ता कुकृत्यको निरन्तरताले सिंगो देश जलेको हो ।बि पी, गणेशमान, किसुन जीसंग संसदीय व्यवस्थालाई भागबण्डामा सत्ता चलाउने साधनको रुपमा देखाउनेहरुको तुलना हुन सक्दैन ।
नेपाली कांग्रेसले अब तुरुन्त नेतृत्वको हस्तान्तरण गर्न विशेष महाधिवेशनको घोषणा गर्नुपर्छ र आरोप लागेका तत्कालिन गृहमन्त्रीलाई घटनाको टुंगो नलागुंजेल पार्टीबाट निलम्बन गर्न जोड्दार आग्रह गर्दछौं ।नयाँ नेतृत्व र सामूहिक दृष्टिकोणमार्फत मात्र नेपाली जनताको विश्वास पुनः हासिल गर्न सकिन्छ, पार्टीको गौरवशाली इतिहास जोगाउन सकिन्छ, र प्रजातन्त्रलाई सही बाटोमा फर्काउन सकिन्छ।
साथै अमेरिकाको जन संपर्क समिति र यहॉबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधीहरुलाई यो अभियानमा आफ्नो प्रष्ट धारणा सार्वजनिक गर्न माग गर्दछौं ।
शुभेक्छुकहरु,
प्रियरंजन दाहाल
बिनोद भट्ट
कृष्ण जीबी पन्थ
ओम भट्टारई
अनुप खनाल
मदन पाठक
प्रतिक पाण्डे
उज्वल खत्री
नारायण खनाल
नारायण पोखरेल
प्रकाश सापकोटा
शम्भु दवाडी
महेन्द्र बस्नेत
अनन्त सुवेदी
नवराज न्यौपाने
तेज बिनोद पौडेल
ध्रुव गौतम















