गृह मन्त्रालयको काम अब पुरानो परराष्ट्रको भवनबाट
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ ।
भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृह मन्त्रालय पनि जलेर ध्वस्त भएको थियो ।
त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो ।
हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाइ गरी सामान सार्ने काम भइरहेको छ । नयाँ अन्तरिम सरकारमा गृह मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।








