सेप्टेम्बर १३ तारिख दौडने छ ह्यारिसबर्ग
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियामा समुदायका लागि नियमित पदयात्राको कार्यक्रम गर्दै आएको इन्सपायर टु एक्पोरले ह्यारिसबर्गमा पाँच किलोमिटर दौडको आयोजना गर्ने भएको छ।
‘दौडनको लागि प्रेरित: सामुदायिक पैदल यात्रा र दौड’ भन्ने नाराका सेप्टेम्बर १३ तारिख शनिवार बिहान एडभेन्चर पार्क (1775 Lambs Gap Rd, Hampden Township, PA 17050) दौड हुने छ।
‘स्वास्थ्य, खुसी र हाम्रो समुदायलाई एकसाथ ल्याउनका लागि हामीले यो दौडको आयोजना गरेका हौ।’ इन्सपायर टु एक्पोरका प्रमुख नील हरि भण्डारीले समाज टाइम्स सँग भने, ‘यो रमाइलोको लागि, प्रतिस्पर्धाको लागि होइन।’
दौड आयोजनामा एशियन रिफ्युजीज युनाइटेड (एआरयु), भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) र नेपाली एसोसिएसन क्लब एट पेन स्टेट ह्यारिसबर्गको पनि समर्थन रहने जनाइएको छ।
दौडलाई ड्र्यागन इन्स्योरेन्स, प्राइम रियल्टी सर्भिसेज, सिम्पल होम सेटलमेन्ट सर्भिसेज, स्टुडियो एम-बिट-मोनिश चाम्लिङ, र अन्नपूर्ण इन्स्योरेन्सले प्रायोजन गरेका छन्।
‘स्वास्थ्य र खुसीलाई प्रवर्द्धन गरेर, मानसिक स्वास्थ्यको लागि जागरूकता बढाउँदै हाम्रो समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउन हामीसँग सामेल हुनुहोस्।’ भण्डारीले अपिल गरेका छन् ।
भण्डारीका अनुसार यो दौडमा सबै वर्ग र पृष्ठभूमिका व्यक्तिहरू जोडिन पाउने छन् । ‘आफैँलाई रमाइलो गर्ने र जीवनलाई सकारात्मक बाटोमा लैजानका लागि प्रभाव पार्ने मौका हो यो।’ भण्डारीले भने ।
‘हामी हाम्रो समुदाय बाहिर ल्याउन एक आपसमा घुलमिल गर्न कार्यक्रम गर्दै आएका छौ, दौडँदा, हिँड्दा शरीरलाई राम्रो गर्छ स्वास्थ्य बनाउँछ, साथ साथै समुदायका व्यक्ति एक आपसमा भेट्दा खुसीहरू ल्याउँछ। ‘ उनले भने, स्वास्थ्य र खुसीले जीवनमा सकारात्मक प्रभाव पार्छ।’
दौड सेप्टेम्बर १३ तारिख शनिवार बिहान आठ बजे शुरु भई ११ बजे समापन हुने छ। दौडमा सहभागी हुन अग्रिम नाम दर्ता गराउनु पर्ने र त्यसकालागि २० अमेरिकी डलर शुल्क तिर्नु पर्ने छ।
दर्ता सेप्टेम्बर १२ तारिख ११:५९ बजे (न्यु योर्क समय) मा समाप्त हुने छ।
तपाई पनि दौडमा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गरी दर्ता गर्न सक्नु हुने छ।
















