प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट
काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबिचको वार्ताको क्रममा दुई देशबिचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो ।
सोही क्रममा प्रधानमन्त्री ओलीले भेट भएको कुरामा खुसी व्यक्त गरेका छन् ।
उनले सन् १९५६ मा नेपाल र रुसबिच कूटनीतिक सम्बन्ध स्थापना भए पनि रसियन प्रधानमन्त्री नेपाल भ्रमणमा नआएको आउने नगरेको गुनासो पनि गरेका छन् ।
उनले भने, ‘मलाई थाहा भएसम्म पछिल्लो समय थाहा छैन के भएर हो तर कुनै पनि रसियन प्रधानमन्त्री र मान्य व्यक्तिहरू नेपाल भ्रमणमा आएको थाहा छैन । यद्यपि नेपालको तर्फबाट म प्रधानमन्त्री हुँदा १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिए ।’








