अमेरिकाको टेक्सस राज्यको अस्टिनमा पनि मनाइयो गौरा पर्व
अस्टिन, टेक्सस/ अमेरिकाको टेक्सस राज्यको अस्टिनमा पनि गौरा पर्व मनाइएको छ। सुदूर पश्चिम नेपाली समाज टेक्ससको आयोजनामा शनिवार अस्टिन स्थित ग्रेटर अस्टिन नेपाली सोसाइटीको प्राङ्गणमा रहेको पशुपतिनाथ मन्दिरमा गौरा पर्व मनाइएको हो। सो अवसरमा गौरा माताको पूजा गरिएको थियो।
गौरा पर्व कार्यक्रमको संयोजक सुरेन्द्र प्रसाद अवस्थी थिए। कार्यक्रमको सञ्चालन पनि उनैले गरेका थिए।
सुदूरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष गगन केसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य पदम ठकुराठीले गरेका थिए।
यस्तै ग्यान्सका अध्यक्ष बिदुर खतिवडा, पूर्व अध्यक्ष भोजराज भट्टले गौरा पर्वको शुभ कामना दिएका थिए। यस्तै ज्योतिष केशवराज जोशीले गौराको बारेमा प्रकाश पारेका थिए।
यस्तै कार्यक्रममा नेपाल आइटल सिजन २ का विजेता रवि ओड, सुदूर पश्चिमकी चर्चित देउडा गायिका रेखा जोशीले समेत प्रस्तुति दिएका थिए।
उनीहरुले देउडा तथा अन्य चर्चित गीतहरूले मनोरञ्जन गराएका थिए।














