एनआरएनए अस्ट्रेलिया आइसीसी विवादमा तटस्थ बस्ने

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को विवादमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अष्ट्रेलिया तटस्थ बस्ने भएको छ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै आइसीसी विवादमा आफूहरू तटस्थ रहने जनाएका हुन्।
पोखरेलले आइसीसीको विवादमा नेपालको सर्वोच्च अदालतको निर्णय मान्ने बताएका छन्। अदालतको निर्णय नआउँदा सम्म आइसीसीको कुनै पनि समूहलाई नमान्ने पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।
एनआरएनए आइसीसीमा महेश श्रेष्ठ समूह र बद्री केसी समूह गरी दुई समूह रहेका छन्।
