नेपाललाई विदेशी विद्यार्थीको हब बनाउन सकिन्छ : देउवा

काठमाडौं/ नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा नेपाललाई विदेशी विद्यार्थीको हब बनाउन सकिने बताएका छन्।
नेपाली कांग्रेसद्वारा सोमबार काठमाडौँमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा सभापति देउवाले सो कुरा बनाएका हुन्।
उनले भने, ‘नेपाललाई शिक्षाको हब बनाउने हिसाबले अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरू पनि नेपाल आउँछन्।’
पूर्व प्रधानमन्त्री देउवाले शिक्षा महत्त्वपूर्ण विषय भएको समेत बताए।
‘शिक्षाको विषय एकदमै महत्त्वपूर्ण विषय हो । हरेक अभिभावकहरूले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन् । त्यस कारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनु पर्छ । देउवाले भने, ‘नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन्।’