भारतीय मूलका काश पटेलले एफबीआई निर्देशकको रुपमा लिए शपथ
पेन्सिल्भेनिया/ भारतीय मुलका अमेरिकन काश पटेलले संघीय अनुसन्धान ब्युरोका (एफबीआई) निर्देशकको रुपमा शुक्रवार शपथ लिएका छन्।
नवौँ एफबीआई निर्देशक बन्नका पटेल सो पदमा पुग्ने पहिलो अश्वेत हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईको नेतृत्व गर्न रोजेका काश पटेललाई बिहीबार सिनेटले अनुमोदन गरेको थियो।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पटेललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
पटेल लामो समय देखि राष्ट्रपति ट्रम्पको सहयोगी रहँदै आएका छन्।
“म अमेरिकी सपना बाँचिरहेको छु,” शपथ लिएपछि पटेलले भने। “र जो कोहीलाई लाग्छ कि अमेरिकी सपना मरेको छ, यहाँ हेर्नुहोस्। तपाईँ पहिलो पुस्ताको भारतीय केटा सँग कुरा गर्दै हुनुहुन्छ जो विश्वको शक्तिशाली राष्ट्रको कानून प्रवर्तन समुदायको नेतृत्व गर्न लागेको छ। त्यो अरू कतै हुन सक्दैन।”
उनले सप्ताह शुरु भए देखि नै काम शुरु गर्ने र जबाफदेहिता हुने बताए। उनले राजनीतिक रूपमा संवेदनशील मामिलाहरूमा काम गर्ने एजेन्टहरू विरुद्ध राजनीतिक प्रतिशोधमा संलग्न नहुने वाचा गरे।
सम्बोधनका क्रममा उनले भने, ‘सबै अमेरिकीहरूको लागि न्यायको एकल प्रणाली छ, र जबाफदेहिता हुनेछ।‘
उनले गत वर्ष एक लाख मानिसहरू बलात्कृत भएको बताए। साथै सीसीपी फेन्टानिल ओभर डोज र हेरोइनबाट एक लाख मानिसहरूको मृत्यु भएको, १७ हजार हत्या भएको बताए।
पटेलले अमेरिकामा हिंसात्मक अपराध नियन्त्रण बाहिर रहेको पनि दाबी गरे।
‘हामी संयुक्त राज्य अमेरिकामा त्यस्तो हुन सक्दैनौँ जहाँ त्यो स्वीकार्य होस्, जहाँ प्रत्येक ३० मिनेटमा कोही मर्छ, जहाँ प्रत्येक ७ मिनेटमा कोही ओडी हुन्छ, जहाँ प्रत्येक ६ मिनेटमा कोही बलात्कृत हुन्छ। त्यो जारी राख्न अनुमति दिन सकिँदैन, र यसलाई जारी राख्न अनुमति दिइने छैन।‘


















