आइआरएसका ६ हजार कर्मचारीलाई बिहीबार देखि हटाइने
पेन्सिल्भेनिया/ कर सिजनको बिचमा ६ हजार कर्मचारीहरूलाई आइआरएसले बिहीबार देखि हटाउने भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सो घोषणा गरेका हुन्। आइआरएसबाट कर्मचारी हटाउने समाचार यस अगाडि नै सार्वजनिक भएका थिए। तर संख्या तोकिएको थिएन्।
ट्रम्प प्रशासनले संघीय कार्यबलको आकार घटाउन व्यापक प्रयासहरू तीव्र पारेको बेला, निजामती सेवा सुरक्षा प्राप्त नगरेका लगभग सबै कर्मचारीहरूलाई हटाइने भएको हो।
अहिले अमेरिकामा ट्यास्स फाइल सिजन हो। चापाचाप काम हुने बेला ६ हजार कर्मचारी हटाउँदा सेवाग्राहीलाई कस्तो प्रभाव पार्छ भन्ने खुलाइएको छैन।
ट्रम्प प्रशासनले सरकारी कर्मचारीलाई कार्यबललाई द्रुत रूपमा घटाउन “राजीनामा कार्यक्रम” ल्याएको थियो।