राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई लगाए ‘तानाशाह’ को आरोप
पेन्सिल्भेनिया, अमेरिका/ राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई तानशाह भनेका छन्।
डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल मार्फत जेलेन्स्कीले “चुनाव गर्न अस्वीकार” गरेको दाबी गरेका छन्, उनलाई “तानाशाह” भनेका छन्।
उनले २०१९ देखि युक्रेनमा राष्ट्रपतिको चुनाव नभएको तथ्यमा ध्यान आकर्षित गरेका छन् । जेलेन्स्की टेलिभिजनका हास्य कलाकार थिए र उनी एकाएक सत्तामा पुगेका थिए।
जेलेन्स्कीको पहिलो पाँच वर्षे कार्यकाल मे २०२४ मा समाप्त हुने पर्ने थियो। यद्यपि, फेब्रुअरी २०२२ मा रूसी आक्रमण पछि युक्रेनमा मार्शल ल लागु भएको छ। त्यसको अर्थ भनेको चुनाव निलम्बित गरिएको छ।
नोभेम्बरमा, युक्रेनको संसदका सबै दलहरूले युद्ध समाप्त नभएसम्म चुनाव स्थगित गर्ने प्रस्तावमा समर्थन गरेका थिए। जेलेन्स्कीले द्वन्द्व समाप्त भएपछि नयाँ चुनाव गर्ने भन्दै आएका छन्।
रुसले युक्रेनको चुनावको विषय उठाउँदै आएको बेलामा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई आएको हो।
यो भनाइ यस्तो बेलमा आएको छ जुन समय अमेरिका र रुसबिच तेस्रो मुलुक साउदी अरबमा वार्ता भइरहेको छ जहाँ युक्रेनलाई समावेश गरिएको छैन।