टेक्ससमा एक मिलियन भन्दा बढी कोकेन जफत
टेक्सस,अमेरिका/ अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अधिकारीहरुले एन्जाल्डुआस र हिडाल्गो अन्तर्राष्ट्रिय पुलहरूमा एक मिलियन भन्दा बढी कोकेन जफत गरेका छन्।
सीबीपीद्गारा बुधबार जारी विज्ञप्तिमा अधिकारीहरूको दुई छुट्टाछुट्टै घटनाहरूमा एक लाख नौ हजार ६ सय बजार मूल्य बराबरको कोकेन जफत गरेको उल्लेख छ।
“हाम्रा सीबीपी अधिकारीहरूले यी लगातार लागू औषध तस्करी प्रयासहरूलाई विफल पार्न टोली कार्य र सबै उपलब्ध स्रोतहरू प्रयोग गरे,” हिडाल्गो/फार/अन्जाल्डुआस प्रवेशद्वारका बन्दरगाह निर्देशक कार्लोस रोड्रिगेजले भने।
एन्जाल्डुआस अन्तर्राष्ट्रिय पुलमा सीबीपी अधिकारीहरूले ४६ पाउन्ड कोकेन भएका प्याकेजहरू जफत गरेका हुन्।
फेब्रुअरी १५ मा, एन्जाल्डुआस अन्तर्राष्ट्रिय पुलमा खटिएका सीबीपी अधिकारीहरूले मेक्सिकोबाट प्रवेश गर्ने शेभ्रोलेटमा एसयुभी रोक्दा सो परिणामको कोकेन जफत गरेको जनाइएको छ।