ओहायोको वयर हाउसमा भएको सामूहिक गोलाबारीमा मृत्यु हुने मध्ये एक नेपाली भाषी
ओहायो। ओहायोको एउटा वयर हाउसमा भएको सामूहिक गोलाबारीमा मृत्यु हुनेमा एक जना नेपाली भाषी रहेको खुलेको छ।
मंगलबार राति ओहायोको न्यु अल्बानीमा रहेको वयर हाउसमा भएको सामूहिक गोलाबारीमा प्रहरीले सुरुमा आक्रमणमा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताएको थियो। घाइते मध्येमा एकको निधन भएको र ती नेपाली भाषी भएको खुलेको हो।
फ्र्याङ्कलिन काउन्टी कोरोनरको कार्यालयले बिहीबार नयाँ अल्बानीमा भएको सामूहिक गोलाबारीका क्रममा मृत्यु भएका दोस्रो व्यक्तिको पहिचान गरेको हो।
प्रहरीका अनुसार निधन हुने व्यक्ति ३० वर्षीय शेखर चापागाईँ हुन्। गोलाबारीमा घाइते भएको चापागाईँको बुधबार राति ८:३३ बजे माउन्ट कार्मेल इस्ट अस्पतालमा मृत्यु भएको कोरोनरको कार्यालयले जनाएको छ।
मंगलवार राती सोही वयर हाउसमा काम गर्ने एक व्यक्तिले अन्धा धुन्दा गोली चलाएको प्रहरीले जनाएको छ।
‘चापागाईँ मेरो नजिकको साथी हो, म पेन्सिल्भेनियाको ह्यारिसबर्गमा बस्छु, घटना सुन्ने रेनर्सबर्ग आए। ‘समाज टाइम्स सँग सुरज सुवेदीले भने।
‘चापागाईँको जन्म नेपाल स्थित भुटानी शरणार्थी शिविरमा भएको हो, उनी गोल धापका हुन्, सन् २००८ अमेरिका पछि हामी नजिक भएका हौ। ‘सुवेदीले भने।
सुवेदी अनुसार चापागाईँ विवाहित हुन्। ‘उनीको एक छोरी छन्, अहिले श्रीमती गर्भवती छिन्, डेलिभरी हुन केही हप्ता मात्र बाँकी छ।‘
प्रहरीले गोली प्रहार गर्ने संघीग्दलाई पक्राउ गरेको जनाएको छ। २८ वर्षीय ब्रुस रेजिनाल्ड फोस्टर तृतीयलाई बुधबार कोलम्बसको एक घरबाट पक्राउ गरिएको हो। प्रहरीले ती व्यक्तिले आफैले काम गर्ने ठाउँमा ह्यान्डगनले गोली चलाएको बताएको छ।
प्रहरीका अनुसार संदिग्ध र पीडितहरू सबै गोदाममा काम गर्थे, र संदिग्ध राति १०:३० बजे गोली चलाउन सुरु गर्नुभन्दा धेरै घण्टा अघिदेखि नै घटनास्थलमा थिए।
प्रहरीले घटना स्थलमा कुनै झगडा भएको नपाइएको बताएको छ। गोली प्रहार पछि संदिग्ध प्रहरी घटना स्थल आइपुग्नु अगाडि नै भागको जनाइएको छ।
प्रहरीले वयर हाउसमा सो समयमा एक सय बढी कामदार रहेको जनाएको छ। कस्मेटिक र सौन्दर्य उत्पादन वयर हाउस भएको प्रहरीको भनाई छ।
गोली हानाहानमा प्रयोग गरिएको ह्यान्डगन गोदाममा फेला परेको थियो । ती सन्दिग्धले गत सेप्टेम्बरमा कानुनी रूपमा खरिद गरेको जनाइएको छ।
गन भायोलेन्स आर्काइभका अनुसार अनुसार, यो घटना यस वर्ष अमेरिकामा अहिलेसम्म भएको २६ औँ सामूहिक गोलाबारी हो।
जीविएले सामूहिक गोलीबारीलाई गोलाबारी बाहेक चार वा बढी मानिसहरूलाई घाइते वा मार्ने भनेर परिभाषित गर्दछ। संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष सयौँ मानिसहरू काममा मारिन्छन्।
यसै बीच शेखरकी श्रीमतीले समुदाय सँग आर्थिक सहयोगको अपिल गरेकी छिन्। उनले गो फण्डमीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्।
उनको अपिल जस्ताको त्यस्तै
शेखर चापागाईलाई सम्मान गर्दै: एक प्रिय पति र समर्पित पिता
प्रिय साथीहरू, परिवार र दयालु अपरिचितहरू,
अकल्पनीय शोकका साथ, म मेरो श्रीमान्, शेखर चापागाईको हृदयविदारक खबर साझा गर्दछु, जसलाई ओहायोको न्यु अल्बानी गोदाममा हालै भएको सामूहिक गोलीकाण्डमा गोली हानी मृत्यु भएको थियो। उहाँ मेरो श्रीमान र आत्मीय साथी मात्र हुनुहुन्थ्यो, तर उहाँ हाम्री ५ वर्षीया छोरी र चाँडै जन्मिने शिशु छोरीको बुबा पनि हुनुहुन्थ्यो।
जनवरी २२, १९९५ मा पूर्वी नेपालको गोल्डहाप शरणार्थी शिविरमा जन्मिएका शेखर २००९ मा आफ्नो परिवारसँग कोलोराडोमा पुनर्वास भए र २०१६ देखि कोलम्बस, ओहायोमा बस्दै आएका थिए। शेखर ४ दाजुभाइ र ७ दिदीबहिनीमध्ये कान्छा थिए। उहाँले हाँसो, प्रेम र उदारताले भरिएको जीवन बिताउनुभयो। उहाँलाई गुमाउनुले कहिल्यै भर्न नसकिने शून्यता छोडेको छ, र म हाम्रो बच्चालाई मेरो छेउमा बिना संसारमा ल्याउने तयारी गर्दै गर्दा, म भारी भावनात्मक र आर्थिक चुनौतीहरूको सामना गरिरहेको छु। उहाँ हाम्रो परिवारको चट्टान हुनुहुन्थ्यो, सधैं हामीलाई पहिलो स्थानमा राख्नुहुन्थ्यो र हाम्रा बच्चाहरूको भविष्य निर्माण गर्न कडा परिश्रम गर्नुहुन्थ्यो।
तपाईंहरूमध्ये धेरैले यो अविश्वसनीय कठिन समयमा कसरी मद्दत गर्न सक्नुहुन्छ भनेर सोध्नुभएको छ। म हाम्रा बच्चाहरूको लागि स्थिरता प्रदान गर्न – तत्काल खर्च, भविष्यको शिक्षा, र उनीहरूलाई उनीहरूको बुबाले कडा परिश्रम गरेको सुरक्षा सुनिश्चित गर्न यो कोष सङ्कलन विनम्रतापूर्वक स्थापना गर्दैछु। हरेक दान, ठूलो वा सानो, हामी उहाँ बिना यो पीडादायी यात्रा पार गर्दा बोझ कम गर्न मद्दत गर्नेछ।
कृपया यो पृष्ठ साझा गर्ने र हामीलाई आफ्नो प्रार्थनामा राख्ने विचार गर्नुहोस्। यस त्रासदीको बीचमा हामी शक्ति खोज्ने प्रयास गर्दा तपाईंको दया, माया र समर्थन हाम्रो लागि सबै कुरा हो।
मेरो हृदयको गहिराइबाट, धन्यवाद।
– मुना बानिया
गो फण्डमा सहयोग गर्न यहाँ क्लिक गर्नु होला















