रवि लामिछाने बिहीबार काठमाडौँ अदालतमा उपस्थित हुँदै
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैङ्क ग्यारेन्टी राखेर बुधवार राती हिरासतमुक्त भएका लामिछाने बिहीबार आफैँ काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुने भएका हुन् ।
बुधवार राती हिरासतमुक्त भएपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टे अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरू बसेको होटलमा बस बस्न पुगेका थिए भने राती नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्तहरुलाई भेटेका थिए ।
यता आफ्नो पार्टी सभापति हिरासतमुक्त भएको थाहा पाउने बित्तिकै पार्टी उपसभापति स्वर्णिम वाग्ले तनहुँमा निर्धारित आफ्नो सबै कार्यक्रमहरु छाडेर राती नै पोखरा पुगेका थिए।
यसैबिच प्राप्त अर्को एक जानकारी अनुसार , अदालतको आदेशले अन्य छ जना धरौटी राखेर छुटे पनि लिला पछाई भने धरौटी राख्न नसक्दा जेल चलान भएका छन् ।
अदालतले तोकेको धरौटी रकम मध्ये पूर्व डिआइजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ आरती गुरुङ र मिना गुरुङ ५–५ लाख रुपैयाँ तथा कृष्णबहादुर गुरुङ एक लाख रुपैयाँ धरौटी राखेर बिहीबार राती नै हिरासतमुक्त भएका छन् । लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।








