चौथो हिमालयन तेक्वान्दो इनर स्कुल च्याम्पियनसिप सम्पन्न

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग/ हिमालयन तेक्वान्दो ह्यारिसबर्गको आयोजनामा अमेरिकाको पेन्सिल्भेनियामा चौथो हिमालयन तेक्वान्दो इनर स्कुल च्याम्पियनसिपका शनिवार सम्पन्न भएको छ।
हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिल्भेनियामा नेपाली भाषी भुटानी समुदायको पहिलो स्कुल हो। तेक्वान्दो प्रशिक्षक नकुल शर्मा र उनीकी धर्मपत्नी पुनम दुलालले सन् २०१८ मा यो स्कुल स्थापना गरेका हुन्।
‘हामीले हाम्रा स्कुलका खेलाडीलाई ठुला प्रतियोगितामा लैजानु अगाडि अभ्यासका लागि यस्तो प्रतियोगिता आयोजना गरेका हौ।’ हिमालयन तेक्वान्दो ह्यारिसबर्गका सञ्चालन तथा प्रमुख प्रशिक्षक नकुल शर्माले समाज टाइम्स सँग भने,’यसले खेलाडीको आत्मविश्वास बढाउँछ र आफ्नो कमजोरी सुधार गर्न पनि मद्दत गर्छ।’
एक दिने च्याम्पियनसिपमा आयोजक सहित आठ स्कुलका एक सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
च्याम्पियनसिपमा पेन्सिल्भेनियाका हिमालयन तेक्वान्दो सिपिङ्गबर्ग, हिमालयन तेक्वान्दो चेम्बर्सबर्ग, हिमालयन तेक्वान्दो पालमेरा र किस्टोन तेक्वान्दो इनोलाले भाग लिएका थिए।
यस्तै पेन्सिल्भेनिया बाहिरबाट च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो केन्टुकी, आप्ना तेक्वान्दो भर्जिनियाका खेलाडीले पनि च्याम्पियनसिपमा प्रतिस्पर्धा जनाएका थिए।
च्याम्पियनसिपका थप तस्विरहरु