कतारमा नेपाली दूतावासको बजेट थप्नु पर्छ, पासपोर्ट बनाउने ठाँउमा बदलाव ल्याउनु पर्छ: गगन थापा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कतार स्थित नेपाली दूतावासको बजेट थप गर्ने पर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै थापाले बजेटको अभावमा सामान्य काममा पनि हुन नसकेको बताए।
यस्तै उनले पासपोर्ट बनाउने ठाउँमा परराष्ट्र मन्त्रालयले सामान्य सुधार गर्दा हुनेमा जोड दिए।
‘तीन साँढै तीन लाख व्यक्ति भएको कतारमा परराष्ट्र मन्त्रालयले पासपोर्ट बनाउने ठाउँमा थोरै मात्र बदलाव ल्याइदियो भने महिनौँ सम्म हाम्रा साथीहरू कुर्नु पर्दैन।’ थापाले भने।








