पेन्सिल्भेनियाको मेकानिसबर्गमा नेपाली भाषीको बन भोज अगस्ट १७ तारिख
मेकानिसबर्ग/ पेन्सिल्भेनियाको मेकानिसबर्गमा रहेका नेपाली भाषीहरूले अगस्ट १७ तारिख बन भोज आयोजना गर्ने भएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका उपाध्यक्ष
अभिषेक थापाका अनुसार बन भोजमा पेन्सिल्भेनियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत एवं चर्चित लोक गायक प्रेमराजा महतको उपस्थिति रहने छ।
यस्तै स्थानीय कलाकारहरूले आफ्नो साङ्गीतिक प्रस्तुति दिने छन्। हिन्दु धर्म तथा सांस्कृतिक संगठन, शिक्षा विभाग प्रमुख कवि नवीन भट्टराई लगायत कविहरूले कविता वाचन गर्ने छन् ।
बन भोजमा सहभागी बाल बालिका तथा महिलाहरूको मनोरञ्जनका लागि विभिन्न प्रकारका खेलहरू आयोजना हुने उपाध्यक्ष थापाको भनाई छ ।
बन भोज ह्यारिसबर्ग स्थित १८ बाउन्ड्री रोड, ग्रान्टभिल पार्कमा हुने छ।
उपाध्यक्ष थापाले यस क्षेत्रमा रहने सबै नेपाली भाषीलाई बन भोजमा सहभागी हुन आग्रह गरेका छन्।
‘यस क्षेत्रमा रहेका नेपाली भाषीमा चिनजान, भलाकुसारी र रमाइलो गर्ने अवसर पनि हो। त्यसैले यो कार्यक्रममा सपरिवार उपस्थित हुन आग्रह गर्दछु।’ थापाले भने।
एनआरएनए पेन्सिल्भेनिया च्याप्टर सचिव रेनु न्यौपानेका अनुसार बन भोजमा सहभागी हुनेका लागि बिस डलर शुल्क लाग्ने छ। ५ देखि १२ वर्षका लागि दश डलर र पाँच वर्ष मुनिका लागि निःशुल्क रहेको छ।
वनभोजलाई सफल बनाउन बराल ज्वलरी, एस एस ब्रदर एलएलसी, अपना बजार, बीएनएन सुपर मार्केट, डाफ्ने फूड्स, एसियन च्वाइस किराना, डिभाइज डाक्टर पिए, फ्रीटेन्स फोटोग्राफर, जीएस इन्टरटेनर, हाई स्मोक शप, किस्टोन तेक्वान्दो लगायतका संस्थाले सहयोग गर्ने छन्।
यस्तै अर्जुन पाण्डे , भूपेन्द्र बराल ,विनय लुइँटेल , दीपक सापकोटा , भूपाल ओडारी , रेणु न्यौपानेले आर्थिक र अन्य प्रकारको सहयोग प्रदान गरेको उपाध्यक्ष थापाले बताए।













