भर्जिनियामा तीज धमाका अगस्ट २३ तारिख
मानसस, भर्जिनिया/ अमेरिकाको भर्जिनियाको मानाससमा अगस्ट २३ तारिख शुक्रवार बेलुका ७ सालिसवेरी सेन्टरमा तीज धमाका हुने भएको छ ।
लोक गायिका शान्तीश्री परियार , गायिका रचना रिमाल , गायिका, मोडेल तथा नृत्यमा समेत चर्चित ज्योति मगर, करिष्मा ढकाल सहितका कलाकारले कार्यक्रममा प्रस्तुति दिने आयोजकले जनाएको छ।
तीजको मौका पारेर तयार गरिएको यो कार्यक्रम भर्जिनियामा यति धेरै राष्ट्रिय कलाकारहरू आएको पहिलो कार्यक्रम भएको आयोजकको दाबी छ।
१३ सय जना अट्ने हलमा नेपालीहरूका धेरै कार्यक्रमहरू हुने गरेका छन् । आयोजकहरू मध्यका निदेश अधिकारी तथा गणेश पाण्डेले पछिल्लो पटक कृष्ण कँडेल दोहोरी साँझ कार्यक्रमको पनि आयोजना गरिसकेका छन् ।
कार्यक्रम स्थलको ठेगाना : THE SALISBURY CENTER 8890 Mathis Ave Manassas , Va 20110










