नेपाली र भुटानी साहित्यिक संस्थाले ह्यारिसबर्गमा संयुक्त रूपमा मनाए भानु जयन्ती
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा दुई सय ११ औ भानु जयन्ती मनाइएको छ।
विश्व भुटानी साहित्यिक संगठन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त आयोजनामा गत शनिवार ह्यरिसबर्ग स्थित ग्लोबल तेक्वान्दो एकेडेमीमा भानु जयन्ती मनाइएको हो।
अनेसासकी पूर्व अध्यक्ष अध्यक्ष एवम् साहित्यकार गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार डेन्जोङ साम्पाङ कवि सुदिपभद्र खनाल, देवी दाहाल दागाने,परमा अधिकारी र गीताञ्जली सुवेदीले नेपाली साहित्यमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै आ आफ्नो रचना सुनाएका थिए।
यसै गरी वसुधा रिजाल, तुङनाथ उपाध्याय, डी बि सारू, दि पि दुलाल,भरत तिम्सिना लगायत स्रष्टाहरूले पनि आदिकविको योगदानको चर्चा गर्दै आ आफ्नो रचना सुनाएका थिए।
कार्यक्रममा साहित्यकार डेन्जोङ साम्पाङ र कवि नवीन भट्टराइले दुई वा त्यो भन्दा बढी संस्थाहरू मिलेर कार्यक्रम गर्दा समाजमा एकताको सन्देश जाने भएकोले आगामी दिनमा पनि मिलेर नै कार्यक्रम गर्नु पर्ने धारणा राखेको थिए ।
ह्यारिसबर्गमा रहेका सामाजिक र साहित्यिक संस्थाहरूबाट उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा दिलीप नेपाल, गुन्जन उपाध्याय, गोविन्द अधिकारी लगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनए पेन्सिलभेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापा, समाजसेवी दीपक जङ्ग विश्वकर्मा, डा.खेम अधिकारी लगायतको पनि उपस्थिति थियो।
साहित्यकार शेखर कोइरालाले गजल प्रस्तुत गरेको थिए ।
वेद व्यासको इतिहास र अनुसन्धान गरिरहेका विद्वान साहित्यकार काशीनाथ न्यौपानेले अमेरिकामा यस प्रकारको भव्य र सव्य कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो रचना सुनाएका थिए ।
प्रमुख अतिथि गीता खत्रीले नेपाली जातीका भाषाका एकताका प्रतीक आदिकविको योगदानको चर्चा गरेकी थिइन। उनले नेपाली र भुटानी साहित्यिक संस्थाद्वारा संयुक्त रूपमा कार्यक्रम आयोजना गरेकोमा बधाई समेत दिइन।
कार्यक्रमको सभापतित्व युवा कवि एवम् जी बि एल ओ का उपाध्यक्ष आभास रिखाम मगरले गरेका थिए भने सञ्चालन कवि गण्डकी पुत्र र गजलकार पातलो अन्तरेले गरेका थिए।
कार्यक्रम आयोजनाको लागि स्थान उपलब्ध गराएकोमा आयोजकले ग्लोबल तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक प्रकास ढुङ्गनालाई धन्यवाद दिएका थिए।















