एनआरएनए : संस्थापक अध्यक्ष महतोको टोली मन्त्रीहरु भेट्नमा ब्यस्त

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका अभियन्ताहरुले उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेका छन् ।
सिंहदरबारमा भएको दुई छुट्टा छुट्टै भेटमा एनआरएनका विषयमा समसामियक विषयमा कुराकानी भएको भेटमा सहभागी अभियन्ताले बताएका छन् । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गरेको हो । भेटमा एनआरएन नागरिकताको सहज बनाउनका लागि कानुनी सुधारका लागि पहल गर्न आग्रह गरेका थिए ।
जवाफमा दुवै मन्त्रीले आफ्नो तर्फबाट पहल हुने बताए । डा. महतोसँगै डा.बद्री केसी, रोजिना प्रधान राई सोम सापकोटा, अर्जुन श्रेष्ठ,अतुल कोइराला,हिराधन राई लगायतको सहभागिता थियो ।
एनआरएनए अहिले नेतृत्वविहीन अवस्थामा रहेको छ । दशौं र ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिहरु सर्वोच्च अदालतको फैसला अनुसार अबैध भएका छन् भने समानान्तर गतिविधिहरु पनि रोकिएका छन् । अहिले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ कुरिएको अवस्था रहेको छ ।
संस्थापक अध्यक्ष महतोसहितको एनआरएनए टोलीले परराष्ट्रमन्त्री राणासँग पनि भेट्यो
July 18, 2024 @ 8:46 am
[…] […]