त्रिवेणी कपको उपाधि बुद्द युथ भोटेवडारलाई
लमजुङ/ त्रिवेणी कपको २९औं संस्करणको उपाधि बुद्ध यूथ क्लब (वीवाईसी) अर्थात भोटेवडारले जितेको छ । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेलमै दानमा बुधबार भएको फाइनल खेलमा श्री भगवती युवा क्लब टोखा काठमाडौंलाई २–० गोल अन्तरले हराउँदै बुद्द युथले उपाधि जितेको हो ।
वीवाईसीका लागि ११औं मिनेटमा सन्दीप रानामगरले पहिलो गोल गरे । त्यसको चार मिनेट भित्रै याहिक अब्दुल्ला अर्को गोल थपे । अन्तत सोही दुई गोल उपाधि जित्न काफि बन्यो ।
उपाधि सँगै वीवाईसीले पाँच लाख नगद सहित त्रिवेणी कप पायो । फाइनल खेलमा विवाईसीका सन्दीप रानामगर म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा वीवाईसि भोटेवडारका फकुल्ने आबुयोमी र श्री भगवतीका अरमाण बेडुमले सर्वाधिक गोलकर्ता बने । दुबैले चार/चार गोल गरेका थिए ।
श्री भगवतीका अमित लामाले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे ।
प्रतियागयतामा बागमती फुटबल क्लब सर्लाहीले अनुशासित टिमको उपाधि हात पारेको छ । यस अगाडि मंगलबारको सेमिफाइनलमा आयोजक त्रिवेणीलाई शून्यका विरुद्ध ३ गोल गर्दै श्री भगवती टोखा फाइनलमा पुगेको थियो । यस्तै समाज कल्याण काठमाडौंलाई ३–० को गोल अन्तरले हराउँदै वीवाईसि भोटवडार फाइनलमा पुगेको हो ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टिम आयोजक त्रिवेणी र समाज कल्याण युवा क्लबले नगद ५०/५० हजार पुरस्कार पाएका छन् भने अनुशासित टिमलाई ट्रफि प्रदान गरिएको छ ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार सहित स्वर्ण र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबले जनाएको छ । त्रिवेणी युवा क्लबको आयोजनामा यही पुस १२ गतेबाट बेसीशहरको सहजी खेलमैदानमा भएको राष्ट्रव्यापी २९औं त्रिवेणी कप प्रतियोगितामा विभिन्न जिल्लाका १८ टिमको सहभागिता थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको प्रमुख आतिथ्यता एवं आयोजक त्रिवेणीका अध्यक्ष अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको हो ।















