एनआरएनए-अमेरिका कपमा नेपाल विजयी
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ ।
एनआरएनए कपको रुपमा २ खेलको सिरिज नेपालले खेलेको हो ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा सम्पन्न शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउँन सक्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो।
नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए।
ह्युस्टन हरिकेन्स अमेरिकामा माइनर लीग फ्रान्चाइज टिम हो।गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ।
नेपाली टिमको तयारीलाई सहयोग गर्न एनआरएनए अमेरिकाले प्रतियोगितालाई प्रायोजन गरेको जनाएको छ।
नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ। ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ।












