पूर्व सभामुख न्यान्सीका पतिलाई आक्रमण गर्ने व्यक्तिलाई ३० वर्ष जेल सजाय

पेन्सिल्भेनिया । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी पूर्व सभामुख न्यान्सी पेलोसीका श्रीमान पल पेलोसीलाई हथौडाले आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । न्यायाधीश ज्याकलिन स्कट कोर्लीले डेभिड डेप्पेलाई शुक्रवार यस्तो सजाय सुनाएका हुन् ।
४४ वर्षीय डेप्पेलाई गत नोभेम्बरमा संघीय अधिकारीको अपहरणको प्रयास र संघीय अधिकारीको परिवारका सदस्यमाथि आक्रमण गरेको आरोपमा दोषी ठहर गरिएको हो । अभियोजकहरूले डेपपलाई चालीस वर्षको सजाय माग गरेका थिए ।
न्यायाधीशले सजाय सुनाउँदा डेप्पे चुपचाप उभिए र धेरै पटक तल हेरे । डेपपका वकिलले न्यायाधीशलाई १४ वर्षको जेल सजाय दिन आग्रह गरेका थिए । डेपप आफ्नो जीवनमा कठिन समयबाट गुज्रिरहेको र आफूसँग पहिलेको कुनै आपराधिक इतिहास नभएको तर्क गरेका उनका वकिलले थिए ।
डिपेपले अदालतमा स्पिकर पेलोसीलाई बन्धक बनाउने नियतले अक्टोबर २८, २०२२ मा सान फ्रान्सिस्कोको घरमा प्रवेश गरेको स्वीकार गरेका थिए । उनले पल पेलोसीलाई हथौडाले कुटेको पनि स्वीकार गरेका छन् ।