अर्घाखाँचीमा गाउँपालिका उपाध्यक्ष नै कांग्रेस प्रवेश : गगन थापा भन्छन : ‘यो शुरुवात हो, १५ लाख नयाँलाई कांग्रेसमा ल्याउछौं’
अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षको मङ्सिरमा हुने प्रतिनिधिसभा निर्वाचनसम्म १५ लाख मतदातालाई कांग्रेसमा ल्याउने दाबी गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट १५ लाख मतदाता थप गर्ने सङ्कल्प भएको उनले बताए ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतमलाई नेपाली कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस प्रवेशको राष्ट्रिय अभियान नै सुरु गर्न लागेको बताए ।‘आजबाट नयाँ राष्ट्रिय अभियान सुरु भयो ।’
सयौँ, हजारौँ मतदातालाई कांग्रेसमा ल्याउँछौँ । अबको ८–१० महिनामा १५ लाखलाई कांग्रेसमा जोड्नुपर्नेछ,’ थापाले भने, ‘कांग्रेस प्रवेश गरेका कसैलाई पश्चात्ताप गर्न दिइने छैन ।’















