न्यु योर्कमा हुने ‘नेपाल डे परेड’ आयोजक समिति गठन
न्यु योर्क/ अमेरिकाको प्रमुख शहर न्यु योर्कमा हुने ‘नेपाल डे परेड’का लागि आयोजक समिति गठन गरिएको छ।
यस पटक नेपाल डे परेड मे १९ तारिख हुँदै छ। सन् २०१६ देखि न्यु योर्कमा नेपाल डे परेड शुरु भएको हो।
‘नेपाल डे परेड-२०२४’ आयोजक समितिको अध्यक्षमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत न्यु योर्क च्याप्टरका अध्यक्ष हेमन बहादुर मल्ल रहेका छन्।
यस्तै शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई.तेम्बा शेर्पा कन्भेनर रहने जनाइएको छ।
समितिको उप-कन्भेनरमा राजेश सापकोटा, तुलसी राम आचार्य, नवीन कुमार ओझा, सुवास साह, ओम विश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुङ रहेका छन्।
नेपाल डे परेडका लागि विभिन्न विभाग पनि गठन गरिएको छ। आर्थिक विभागको संयोजक दयाल (दिनेश) भण्डारी रहेका छन्। सो विभागको सदस्यमा बाबुराम शर्मा, टक ब. रुवाली, देवेन्द्र लामा र ध्रुवराज पौडेल छन् ।
यस्तै मिडिया संयोजकमा बिक्की पुलामी,प्रचार प्रसार संयोजकमा चमेली खाती परियार,सांस्कृतिक संयोजकमा बसन्ती राई र झाकी प्रदर्शन संयोजकमा शङ्कर पौडेल छन्।
यस्तै स्वयंसेवक परिचालन संयोजकमा दावा शेर्पा,सह-संयोजकमा दान बहादुर मल्ल छन्। र्याली व्यवस्थापन संयोजकमा पुनम बसेल, कार्यक्रम व्यवस्थापन संयोजकमा वासु लामिछाने छन्।
यस्तै अतिथि सत्कार संयोजकमा नवराज केसी, सह-संयोजकमा रश्मि श्रेष्ठ, ट्रक व्यवस्थापन संयोजनमा लङ्ग आईल्याण्ड नेपाली समाज र स्टेज व्यवस्थापन संयोजकमा छिरिङ शेर्पा रहेका छन्।
त्यस्तै गरी प्रदेश संयोजकमा कोशीबाट टिका ढकाल, मधेशबाट दिनेश यादव, बाग्मतीबाट पासाङ नुर्बु शेर्पा, गण्डकीबाट कृष्ण भट्ट, लुम्बिनीबाट आस बहादुर घर्ती, कर्णालीबाट तिलक पुरी र सुदूर पश्चिमबाट दान सिंह विष्ट तोकिएका छन्।















