यी हुन् माओवादीका केन्द्रीय सदस्य
काठमाडौँ/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्द सत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टरबाट २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनीत गर्नेछ । यी हुन् खुलातर्फका केन्द्रीय सदस्यहरूप्रचण्डले केन्द्रीय सदस्यमा रहने सदस्यमध्ये खुलातर्फको नाम घोषण गरेका छन् ।
बन्द सत्र हलमा प्रचण्डले राम दीप आचार्य, रामकुमार शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, ओमनाथ ढुङ्गाना, लेखनाथ ढुङ्गाना, देवेन्द्र पौडेल, लक्ष्मण पन्त, हितराज पाण्डेलगायतको नाम घोषणा गरेका हुन् ।यस्तै खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, सालिकराम जमरकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई छन् ।
यस्तै अजय शंकर नायक, ईश्वरी भट्टराई, सुनिल मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराँती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, राम दीप आचार्य छन् ।
रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुङ्गाना, गङ्गा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लीलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाल लगायत छन्।
खुलातर्फ १४५ जना चयन हुनेमा प्रचण्डले ६३ सिट खाली गरेर १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको २३६ सदस्यीय कमिटीलाई महाधिवेशनले अनुमोदन गर्न आग्रह गरेपछि प्रतिनिधिहरूले ताली पड्काएर त्यसलाई अनुमोदन गरेका थिए । बाँकी रहेका सदस्यहरू पनि चाँडै पूर्ति गरिने र कमिटीलाई पूर्णता गरिने प्रचण्डले बताए ।अब सोही कमिटी भित्रबाट पदाधिकारीको चयन हुनेछ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान हुनेछ ।
खस आर्यमा १३ जना
अध्यक्ष दाहालले खस–आर्यतर्फ पुरुष १३ जनाको नाम पेस गरेका छन्। खस आर्य सूचीको पहिलो नम्बरमा नारायण दाहालको नाम छ । दाहालपछि सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले छन् ।
दलित महिला
प्रचण्डले दलित महिलातर्फको केन्द्रीय सदस्यमा १२ जनाको नाम प्रस्ताव गरेका छन्। अञ्जना विशंखे, सुशीला श्रीपालि,मनकुमारी नेपाली, सीता नेपाली, सिताधन विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, नेम्मा बस्याल, विष्णु विश्वकर्मा, खेम परियार र जगत कामी छन्।दलिततर्फ पुरुष ६ जना निर्वाचित हुँदा १ जना पुरुष युवा, १२ जना महिला, ३ जना महिला युवा निर्वाचित हुने व्यवस्था छ।















