जनकपुरमा आन्दोलनकारी माथि गोली चलाइयो
जनकपुरधाम / हरीले सिके राउतको जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलनरत सो पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जना घाइते भएका छन् ।
समाचार अनुसार विजय यादव, नथुनी यादव, रामदयाल मुखिया, सञ्जय साह र बैजनाथ यादवलाई गोली लागेको छ ।
बैजनाथ र नथुलीको टाउकोमा गोली लागेको छ र उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अन्यको खुट्टामा गोली लागेको बताइएको छ ।










