पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा सोनाम ल्होछार, लोक गायक मिलन लामाको प्रस्तुति
पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्लभेनियाको ल्यानक्यास्टरमा शनिवार सामूहिक रूपमा सोनाम ल्होछार मनाइएको छ।
तामाङ कम्युनिटी ल्यानक्यास्टरद्वाराले सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछार मनाइएको हो।
सोनाम ल्होछार २८६० डुक ल्होको परम्परा अनुसार बौद्ध लामा गुरुद्वारा पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो।
कार्यक्रममा डम्फेरहरुद्वारा ल्होछारको स्वागत गरिएको थियो।
यसै गरी लोक गायक मिलन लामाले पनि प्रस्तुति दिएका थिए। यस्तै नृत्य तारा ह्यारिसबर्गका विद्यार्थी तथा ल्यानक्यास्टरका स्थानीय बालबालिकाले प्रस्तुति दिएका थिए।
यस्तै विशेष अतिथि सम्बोधन गर्दै तामाङ समाज ग्रेटर ह्यारिसबर्गका अध्यक्ष वीर योञ्जनले यस्ता कार्यक्रममा आफ्नो संस्कृतिको जगेर्ना हुने धारणा राखेका थिए।
तामाङ कम्युनिटी ल्यानक्यास्टरका सचिव पासाङ योञ्जनले कार्यक्रम संचालन गरेका थिए।















