अमेरिका पुगेका ८ नेपाली डिपोर्ट
काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल डिपोर्ट गरिदिएको छ ।
अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका छन् ।
‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीवार काठमाडौं फिर्ता पठाएको छ’, उपरीक्षक फुयाँलका अनुसार बिहीवार उनीहरु आफन्तकहाँ गएर बसेका थिए ।
शुक्रवार उनीहरुलाई ब्यूरोमा बोलाइएको छ । प्रहरीले उनीहरु के–कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्ने छ । डिपोर्ट गरिएकाहरुको नाम भने गोप्य राखिएको छ ।















