अमेरिकाको ओहायोमा भुटानी नेपाली रिपब्लिकन क्लबको अन्तरक्रिया

सहयात्री ढकाल/
कोलम्बस,ओहायो/ अमेरिकामा आसन्न निर्वाचनका सन्दर्भमा भुटानी नेपाली रिपब्लिकन क्लबले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
‘उम्मेदवारहरूसँग भेट्नुहोस् र अभिवादन गर्नुहोस्’ भन्ने नाराका साथ फेब्रुअरी दश तारिख भएको कार्यक्रममा रिपब्लिकन पार्टीका सिनेटर, मेयर तथा नेपाली भाषी भुटानी समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
सुरुमा कार्यक्रममा गभर्नर नै उपस्थित हुने भनिएको थियो। ‘कार्यव्यस्थताका कारण यस पटक गभर्नर आउन सक्नु भएन तर सिनेटर र मेयर आउनु भयो।’ क्लब सचिव देवाशिष पौडेलले समाज टाइम्सलाई भने।
क्लबका अध्यक्ष काशी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा महान्यायाधिवक्ता डेभ योस्ट, कांग्रेसका माइक केरी, सिनेटर म्याट डोलन, सिनेटर माइकल रेनोल्ड्स, न्यायाधीश जीना रुसो अतिथि बक्ताको रुपमा आ आफ्नो धारणा राखेका थिए।
यस्तै एफसीआरपीका चेयरवुमन मेरेडिथ फ्रीडहफ, डीसीआरपीका अध्यक्ष शान पार्कर, एफएमआर अमेरिकी सिनेट उम्मेदवार नील पटेल, एफसीआरपी अध्यक्ष ब्रान्डन मेयर, एफसीबीइका उपनिर्देशक डेभिड पायने, व्यापारिक नेता र एफएमआरका उम्मेदवार काशी अधिकारी, डिस्ट्रिक्ट १६ बाट सिनेटका उम्मेदवार बेसा शारराहले पनि मन्तव्य राखेका थिए।

डिस्ट्रिक्ट १० का उम्मेदवार शफी शफतका प्रतिनिधि, नयाँ अल्बानी स्लोन स्पाल्डिङको मेयर, एलओआरसी अध्यक्ष म्याट डोल, फ्र्याङ्कलिन काउन्टी र वर्तमान ओहायो सर्वोच्च अदालत उम्मेदवार डेन हकिन्स एलिनोइ कन्भेन्सन क्लब कांग्रेसका लागि केरी ह्याङ्ग काउन्ट, सीएलयुका गुनर रुस्तेन जीइको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

सचिव पौडेलका अनुसार नेपालका पूर्वी क्षेत्रका शिविरहरूमा रहेका भुटानी शरणार्थीहरूको अवस्था समाधान गर्नका लागि अन्तर्क्रियाबाट ८ सदस्यीय आयोग गठन गरिएको छ।
बैठकमा क्लबका अध्यक्ष काशी अधिकारी/लामितारेले नेपाल,भुटान,भारत, अफ्रिका र अमेरिकाका ८ सदस्यीय आयोगसहित भुटानी/नेपाली समुदायले भोगेका वास्तविक चिन्ताहरूलाई सम्बोधन गर्न एउटा कार्यपत्र प्रस्तुत गरेका थिए।

आयोगले राजनीतिक बन्दी रिहा गर्न भुटान सरकारसँग काम गर्नेछ। साथै भुटान भित्र र बाहिर नि: शुल्क प्रवेशमा वार्ता गर्ने छ।
‘हामी भुटानी पारस्परिकता ऐन लागू गर्न चाहन्छौँ।’ सचिव पौडेलले भने,’ आयोगले विद्यालयको पाठ्यक्रम प्रणालीमा नेपाली विषयहरू पढाउने र योग काउन्सिलरको परिचय गराउन पनि भूमिका खेल्ने छ।’
भुटानी नेपाली रिपब्लिकन क्लब:
१. अध्यक्ष – काशी अधिकारी
2. उपाध्यक्ष: हरि प्याकुरेल
३. सचिव: देवाशिष पौडेल
४. उपसचिव: अमृत अधिकारी
५. ट्रेजरी: यादव नेपाल
६. सल्लाहकार: मेघ अधिकारी, निर्मला अधिकारी,
७.ट्याक समर्थन: महिन्द्रा अधिकारी
ड्रुक सितोकाई करातेको काता प्रदर्शन
कार्यक्रममा विभिन्न नाच देखाउनुका साथै झाँकी प्रदर्शक गरिएको थियो। यसै गरी ड्रुक सितो काईको टिमले आफ्नो काता प्रदर्शन गरेको थियो।
कार्यक्रममा ड्रुक सितो काईका सेन्सि तुला ढकालको टिमले काता प्रदर्शन गरेको हो। उक्त काता प्रदर्शनमा सेन्पाई समीर बास्तोला, सेन्पाई अनोज ढकाल र सेन्पाई केन्जल दुलाल पनि सहभागी थिए।
सिनेटर मिशेल रेनोल्ड्सले आयोगका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्।
स्वस्ति वाचनले देवी दियो प्रज्वलन गरी सुरु भएको कार्यक्रममा विद्यालयका बालबालिकाले सांस्कृतिक प्रस्तुति तथा स्थानीय शमन (धामी)ले आध्यात्मिक उपचार प्रस्तुत गरेका थिए ।
अमेरिकी राष्ट्रिय गान गाएर र अमेरिकी सैनिकहरूका लागि एक मिनेट मौन धारणले सहभागीहरूलाई उच्च भावना र देशभक्ति प्रदान गरेको थियो। डा दामोदर पौडेलले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
डा. दामोदर पौडेलले सहभागिलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।