न्यु योर्क हाँस्ने दिन जनवरी १९

न्यु योर्क / नेपालका चर्चित आठ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ मा न्यु योर्क हुने कमेडी नाइटको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
“अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरूको जम्बो टोली अमेरिकाको यात्रामा छ । न्यु योर्क हुने “अब हाँस्छ न्यु योर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले भनाइ छ।
विदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केही छिन भए पनि हास्य मनोरञ्जनको माध्यमबाट मन मस्तिष्कलाई शान्त लिन मज्जाले हाँस्नको लागि यो सो ले मद्दत गर्ने आयोजकको दाबी छ ।
कमेडी नाइट न्यु योर्क क्वीन्स स्थित उडसाइडमा रहेको तिब्वतियन कम्युनिटी सेन्टरमा हुने स्थानीय आयोजक विनीता तामाङ र मनिता गुरुङले बताएका छन् ।
बेलुका ७ बजेदेखि राति १२:०० बजेसम्म हुने कार्यक्रममा हास्यकलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणि पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ ।
आयोजकका अनुसार साधारण टिकटको मूल्य ७० र भिआइपी एक सय डलर रहेको छ ।
भिआइपी टिकटमा मिट एन्ड ग्रिट र एउटा निःशुल्क पेय पदार्थ समावेश रहेको जनाइएको छ । टिकट र सामूहिक प्याकेजका लागि विनीता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न सकिने भनिएको छ ।
नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ । अनलाइनबाट टिकट लिनका लागि यहाँ क्लिक गर्नुहोला ।
एक महिना बढी चल्ने यात्रा न्यु योर्क लगायत अमेरिकाको १९विभिन्न राज्यहरूमा कार्यक्रम हुने छ।