अमेरिकी कन्ट्री ब्यान्ड डिक्सीकी संस्थापक लिन्चको निधन
काठमाडौं । अमेरिकी कन्ट्री ब्यान्ड डिक्सी चिक्सकी संस्थापक सदस्य लौरा लिन्चको निधन भएको छ ।
लौरा लिन्चको सडक दुर्घटनामा मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । द डिक्सी चिक्सकी संस्थापक सदस्य लौरा लिन्चको टेक्सासको एल पासोमा भएको दुर्घटनामा शनिबार मृत्यु भएको हो । उनी ६५ वर्षकी थिइन् ।
लिन्चको गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको थियो । दुर्घटना स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः४५ बजे भएको थियो । लिन्चलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।











